• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

टिकटकमार्फत कपाल च्याप्ने चिम्टीलाई घरसँग साट्न सफल एक महिला ! 

एजेन्सी । अमेरिकाको स्यानफ्रयानसिस्कोमा एक महिलाले २०२० मा टिकटकमा अचम्मको ट्रेन्ड सुरु गरेकी थिइन् । ३० वर्षीया डेमी स्किपरले एउटा सानो कपाल च्याप्ने चिम्टीलाई घरसँग साट्न सफल भएकी छन् । 

 कोरोना महामारीका बेला घर भित्रै बसिरहँदा टिकटकमा केही नयाँ गर्न  गर्ने उदेश्यको साथ यस्तो ‘आइडिया’ आएको लगाएकी थिइन् ।  सुरुवाती भिडियोमा उनले भनेकी छन्, “म यो बबि पिन (चिम्टी) लाई तबसम्म साटिरहनेछु जबसम्म मैले यसको बदलवामा एउटा सिङ्गै घर पाउँदिन ।” 

‘ट्रेड मी’ नामको यो प्रोजेक्टमा एउटा सानो चिम्टीबाट सुरु गरेर उनले ठुल्ठुला सामानहरु बटुलेकी हुन् । यसमा उनले मूल्यहिन मानिने चिम्टीलाई घरमा परिणत गर्ने लक्ष्य राखेकी थिइन्  । 

यसमा उनले सबैभन्दा पहिले चिम्टीलाई कानमा लगाउने झुम्कासँग साटिन् । यसपछि त्यो झुम्कालाई चारवटा मार्गरिटा ग्लाससँग साटिन् अनि त्यसलाई भ्याकुम क्लिनरसँग । यसपछि स्नोबार्डबाट एप्प्लको फोरके टिभी, हेडफोन, एक्सबक्स, म्याकबुक प्रो, क्यानन क्यामरा, नाइक ब्लेजर, आइफोन ११ प्रो म्याक्स र गर्दागर्दै १७ औँ पटकमा इलेक्ट्रिक फुड ट्रक अनि त्यसपछि २५ औँ मा होन्डाको गाडी र त्यसलाई पनि साटेर तीनवटा ट्रकहरु गर्दै २९ औँ प्रयासमा उनले अन्ततः४० हजार डलरको टेस्ला पावरवाल २ ट्रेलरलाई नेशभिलमा रहेको एउटा घरसँग साटेकी हुन् ।

यसरी गत महिना मात्र उनलाई एक व्यक्तिले म्यासेज पठाउँदै घर साट्न तयार भएको बताएका थिए । ती व्यक्तिले पनि उनको ‘ट्रेड मी’ ट्रेन्डलाई हेर्दै आएको बताए र अन्ततः उनलाई लक्ष्यको अन्त्यसम्म पुर्याउन चाहेको बताएका हुन् । उनी र उनका पति अब क्यालिफोर्नियाबाट तुरुन्तै सो नयाँ घरमा सर्ने बतााएका छन् । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर