• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

विश्वभर क्रिसमस मनाउने अनौंठो तरिका, कतै रमाइलो ,कतै डरलाग्दो

काठमाडौं । क्रिसमस आउँन अब एक दिन बाँकी छ । विभिन्न शहरमा क्रिसमस मनाउने तयारी भव्य रुपमा भइरहेको छ । विश्वभर रहेका क्रिस्चियनले आ–आफैँने तरिकाले क्रिसमस मनाउने गरेका छन् । जसमा केही देशरको रितिरीवाज रमाइलो छ भने केही देशको डरलाग्दो । 

अस्ट्रिया
आस्ट्रियामा सेट निकोलसमा एक दुष्ट दुश्मन छ । जसको नाम हो क्यारम्पस । उ एक राक्षस  हो । त्यहाँको मान्यता अनुसार राक्षसको आवाजमा कराउने क्यारम्पसले क्रिसमस अगाडी गल्ती गरेका बच्चाहरुलाई सजाय दिने काम गर्छ । त्यसैले क्रिसमसको समयमा भूतको भेषमा पुरुषहरु सडकमा घुम्ने गर्छन । यो बच्चाहरुलाई डर देखाएर सडकबाट टाढा राख्ने तरिका हो । 

स्पेन
स्पेनको कैटालोनिया लगायतको विभिन्न क्षेत्रमा क्रिसमस मनाउने अनौठो रिवाज छ । त्यो दिन एक काठलाई मानिसको आकार बनाएर कपडा ओढाएर राखिन्छ । त्यहाँ आएका मानिसहरुलाई  विभिन्न खानेकुराहरु खान दिइन्छ  । त्यहाँ कपडामा केही गिफ्ट लुकाइन्छ । क्रिसमसको राती सबैले आ–आफ्नो गिफ्ट फिर्ता लान्छन् । उक्त रिवाज अनुसार अभिभावकले उक्त गिफ्ट आफ्नो बच्चाको लागि लुकाएको भन्ने मान्यता छ । 

युक्रेन
युक्रेनमा क्रिसमसको लागि माकुराको जालो जसरी घर सजाउने परम्परा रहेको छ । त्यहाँको लोक कथा अनुसार एक करिब एकल महिलासँग आफ्नो बच्चाको लागि क्रिसमस ट्रि सजाउने पैसा थिएन । त्यसैले उनले रातभरी माकुराको जालोलाई आफ्नो घरमा लगाएकी थिइन् । विहान बच्चाहरु उठेर निकै खुसी भएका थिए । युक्रेन संस्कृतिमा माकुराको जालोलाई भाग्यशाली मानिन्छ । 

पुर्तगाल
पुर्तगलमा क्रिसमसको दिनमा खाना खाने समयमा आवश्यकता भन्दा धेरै खानाको पिलेट राख्ने गरिन्छ । उनीहरुको मान्यता अनुसार यस दिनमा मरेका आफन्तहरु पनि उनीहरुको साथमा खाना खान आउँछन् । 

नर्वे
नर्वेमा क्रिसमसकाृ दिनमा सैतान भूतहरु कुच्चोमा उड्छन् भन्ने मान्यता छ । त्यसैले यस दिनमा त्यहाँको मानिसहरु कुच्चोलाई लुकाएर राख्छन् । उनीहरुको मान्यता अनुसार जसको घरमा कुच्चो देखिन्छन् उसको घरमा डायन आएर बस्छ। 

स्पेन
क्रिसमसको दिनमा स्पेनको एक शहरमा   सबै मानिसहरु भित्रि वस्त्र लगाएर सडकमा कुदेर क्रिसमस मनाउछन् । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर