• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

 विमानमा कोरोना पुष्टि भएपछि  मारिसाले शौचालयमा बिताइन् पाँच घण्टा

काठमाडौं । अमेरिकाको एक विद्यालयकी शिक्षिकाले विमानमा कोरोना पुष्टि भएको थाहा पाएपछि पाँच घण्टा विमानको शौचालयमा आइसोलेट भएर बसेको बताएकी छिन्।

बीबीसीका अनुसार उनले आफ्नो इच्छा अनुसार नै यस्तो गरेको उल्लेख गरेकी छिन्। मारिसा फोशियो नाम गरेकी महिलालाई डिसेम्बर २० मा अमेरिकाको सिकागोदेखि आइसल्याण्डसम्म जाने क्रममा घाँटी दुखेको थियो।

उनीसँग ¥यापिड टेस्ट किट थियो। त्यसैले उनले तत्कालै आफ्नो कोरोना परीक्षण गरिन् र पोजेटिभ आयो।त्यसपछि उनले आफैंलाई आइसोलेसनमा राख्ने निर्णय गरिन् र बाँकी पाँच घण्टाको यात्रा शौचालयमा बसेर पूरा गरिन्। 

‘विमानमा १५० जना मानिसहरु थिए र मलाई सबैभन्दा ठूलो डर उनीहरुलाई पनि कोरोना सर्छ कि भन्ने थियो’, उनले सुनाइन्।मारिसाले टिकटकमा आइसल्यान्डियर विमानको शौचालयमा बनाएको एउटा भिडियो पनि पोस्ट गरेकी छिन्।

 

@abc7chicago Chicago teacher Marisa Fotieo spent 5 hours in an airplane bathroom after testing positive for COVID-19 mid-flight. @Marisa ♬ original sound - abc7chicago

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर