• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

पाल्पा बस दुर्घटनाः मृतक सबैको सनाखत 

पाल्पा । आइतबार बिहान पाल्पाको रिब्दीकोट गाउँपालिकास्थित लघुवामा भएको बस दुर्घटनामा मृत्यु हुने सातै जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–१७, का ३० वर्षीय पशुपति रसाइली, बसोही स्थानका ४० वर्षीय खुमबहादुर राना, बुटवल ११, का ३२ वर्षीय विजय थापा क्षेत्री, अर्घाखाँची मालारानी–२, मरेङका २८ वर्षीय भोजेन्द्र विक, २५ वर्षीय शंकर विक, ३३ वर्षीय अर्जुन विक, ३६ वर्षीय मोहन कुँवर रहेका छन् । 

उक्त बसमा सवार अन्य १६ जना घाइते भएका छन् । घाइतेमध्ये  एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए । घाइतेहरुको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा ७ जना तथा लुम्बिनी मेडिकल कलेजमा ९ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

वुटवलदेखि मलामी बोकेर रुरु क्षेत्र धाम रिडीमा दाहसस्कारका लागि हिडेको लु १ ख ७२७९ बस पाल्पा–रिडी सडक खण्डको ओरालोमा चिप्लिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । चार वटा शव दुर्घटनाग्रस्त बसले किचेको अवस्थामा डोजर लगाएर निकाल्नु परेको थियो । 

तीव्र गतिमा गुडेको  नम्बरको बस ओरालो सडकमा दुर्घटना भएको बसमा सवार यात्रुले बताका छन् । अर्घाखाँचीको मालारानी गाउँपालिका–२, मरेङ कुभिण्डेका बीरबहादुर टमाटा (विक) को शव दाहसंस्कारका लागि रिडी लगिएको थियो । प्रहरीका अनुसार बसमा करिब ३५ जना मलामी सवार रहेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर