• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

प्रचण्ड कोरोना संक्रमित, वाइसीएल र क्रान्तिकारीका नेताहरू बिरामी

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कोरोना संक्रमित भएका छन् । स्वास्थ्यमा केहि असहजता देखिएकोले शुक्रबार बेलुकी एन्टिनेज र पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ । प्रचण्ड अहिले आफ्नै निवासमा क्वारेन्टाइनमा रहेका छन्। स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जानकारी दिएको छ ।

प्रचण्ड अध्यक्षमा निर्वाचित भएपछि बधाई तथा शुभकामना दिन जानेको भीड थियो । उनलाई शुभकामना दिएर फर्किनेमा वाइसीएल अध्यक्ष सुमन देवकोटासहितको युवा टोली, वाइसीएलका पूर्व अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखा, अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहितको विद्यार्थी टोली लगायत पुगेका थिए ।

उनीहरू पनि अहिले रुघाखोकी र ज्वोरो आएको भन्दै सामाजिक सञ्जालमा लेखिरहेका छन् । प्रचण्डको निजी प्रमुख स्वकीय सचीव रमेश मल्ल पनि रुघाखोकी र ज्वोरोका बिरामी छन् । 

प्रचण्ड सचिवालयका अनुसार स्वास्थ्यकर्मीको सल्लाह अनुसार उनी केही दिन आइसोलेशनमा रहने भएका छन् । सचिवालयका अनुसार कोभिड १९ को कारण उनका केही पूर्वनिर्धारित कार्यक्रममा स्थगित भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर