• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

मुलुकमा आर्थिक, सामाजिक र सांस्कृतिक क्रान्तिको अभियानलाई तीव्रता दिनुपर्छ – माधव नेपाल (भिडियाे)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मुलुकमा आर्थिक, सामाजिक र सांस्कृतिक क्रान्तिको अभियानलाई तीव्रता दिनुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा नेपाल बुद्धिजीवि परिषद् (समाजवादी)को राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले मुलुकमा राजनीतिक क्रान्तिको एउटा क्रम पुरा भइसकेको भन्दै मुलुकमा आर्थिक, सामाजिक र सांस्कृतिक क्रान्तिको अभियानलाई तीव्रता दिनुपर्ने बताउएका हुन् ।

उनले आर्थिक रुपान्तरणले नै मुलुकको बिकास हुने भन्दै यसलाई ध्यान दिनुपर्ने बताए । अध्यक्ष नेपालले बिभिन्न आयोजनालाई व्यहारीक र यथार्थबादी बनाउन निरन्तर अनुगमन गर्नुपर्ने धारणा राखे । समयमा नै आयोजनाहरु सम्पन्न नहुदा लागत बढ्ने भएकाले गुणस्तरीय र समयमा नै आयोजना सम्पन्न हुने सुनिश्चित हुनुपर्ने उनको भनाई छ ।

त्यस्तै अध्यक्ष नेपालले गलत सोचलाई त्याग्दै मुलुकको अघि बढाउन सवै गम्भीर हुनुपर्ने र जनताप्रति उत्तरदायी हुनुपर्ने उल्लेख गरे ।  

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर