• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

सरकारले नारायणहिटी कप्लक्कै खाइसक्यो – ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले नारायणहिटी प्रकरणमा  नक्ली ज्वाइँ खडा गरेर आफ्नो भ्रष्टाचार छोप्न खोजेको आरोप लगाएका छन् । ओलीले झापामा राष्ट्रसेवक सहकारी संस्थाको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो आरोप लगाएका हुन् । 

नारायणहिटी संग्रहालयमा क्याफे संचालनसम्बन्धी ठेक्का पाएको बतास समूहलाई सरकारको संरक्षण रहेको भन्दै उनले अहिले आफ्नो भ्रष्टाचार छोप्न बतासलाई मिडियाबाट केपी ओलीको ज्वाइँ बनाउन खोजिएको बताए ।

ओलीले सरकारले नारायणहिटी कप्लक्कै खाइसकेको टिप्पणी गरे ।

बतास अर्गनाइजेशनका अध्यक्ष आनन्द बतासले आफू शेरबहादुर देउवाको निकटस्थ भएको र झापाको भद्रपुर ससुराली भएकाले केपी ओलीले ज्वाइँ भन्ने गरेको बताएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर