कमेडी क्लब विथ च्यम्पियन्स प्रशारण हुँदै 

काठमाडौं । हास्य व्यंग्य विधाको नयाँ रियालिटी सो आउने भएको छ ।कि इन्टरटेन्मेन्ट र थ्री प्रोडक्सनले संयुक्त रुपमा कमेडी क्लब विथ च्यम्पियन्स नामको हास्य व्यंग्य विधाको नयाँ रियालिटी उत्पादन गरि प्रशारण गर्ने भएका हुन् ।

काठमाडौँमा एक पत्रकार सम्मेलन गर्दै कि इन्टरटेन्मेन्टले कमेडी क्लब विथ च्यम्पियन्स आगामी माघ महिनादेखि हरेक सोमबार नेपाल टेलिभिजनमा प्रशारण गर्न लागेको बताएको छ ।

सोमबार बेलुकी ८ः५० बजे प्रशारण हुने कमेडी क्लब विथ च्यम्पियन्समा कमेडी च्याम्पियन सिजन १ र २ का कलाकारहरुको प्रस्तुति रहने बताइएको छ ।

कार्यक्रममा मुख्य कलाकारको रुपमा पवन भट्टराई, उमेश राई (फुलन्देकी आमा), मेक्सम गौडेल, श्रेया सुवेदी, साजन श्रेष्ठ, सुमन कार्की र कैलाश कार्की रहने बताइएको छ ।

हासो र व्यंग्य मार्फत परिवार समाज र आम जनमानसमा मनोरञ्जन प्रदान गर्ने उद्देश्य कार्यक्रमले लिएको आयोजक संस्था कि इन्टरटेन्मेन्टले बताएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर