संक्रमणपछि गायिका लता मंगेशकर आइसीयूमा
काठमाडौं । गायिका लता मंगेशकरलाई कोरोना संक्रमण भएको छ । उनलाई हाल मुम्बईको ब्रिच केन्डी अस्पतालमा भर्ना गरिएको छ । लता मंगेशकर ९२ वर्ष पुगिसकेकी छिन्, उनलाई उमेरको हिसाबले पनि अस्पतालले भर्ना लिएको भारतीय सञ्चार माध्यमले बताएको छ ।
हाल उनको आइसीयूमा राखेर उपचार भइरहेकोइन्डिया टिभीले जानकारी दिएको छ ।
उनकी नजिककी आफन्त रच्नाले उनलाई कोरोनाको साधारण लक्षण देखिएको जानकारी दिएकी छिन् ।
प्रतिकृया दिनुहोस