हरिवंशको चेलिबेटी बिचेबिखनविरुद्ध गीत  ‘कर्कलो कोक्याउला’ सार्वजनिक 

काठमाडौं ।  माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालको प्रमुख आतिथ्यमा हास्यकलाकार हरिवंश आचार्यको नयाँ गीत ‘कर्कलो कोक्याउला’ को भिडियो  सार्वजनिक गरिएको छ । 

अभिनेता, गायक तथा निर्देशकसमेत रहेका हरिवंश आचार्यले पछिल्लो समय सार्वजनिक गरेका अधिकांश गीतमा सामाजिक कथा समेटिएका छन्। हरिवंशले मानिसको जीवनसँग जोडिएका गीतदेखि समाजमा चेतना जगाउने गीतलाई प्राथमिकतामा राख्‍ने गरेका छन्।

गीत सार्वजनिक कार्यक्रममा बोल्दै हरिवंश आचार्यले चेलिबेटी बेचबिखनविरुद्धमा जागरुकता जगाउन प्रयास गर्ने विश्वास व्यक्त गरे। अभिनेत्री स्वस्तिमा खड्काले यस्ता गीतका भिडियोमा काम गर्ने सपना हरेक कलाकारको हुने बताइन्।


गीतमा हरिवंशकै शब्द तथा संगीत छ भने गायनमा उनलाई गायिका समीक्षा अधिकारीले साथ दिएकी छन्। किरण तुलाधरको एरेञ्‍ज रहेको गीतमा श्यामश्वेत रसाइलीको मिक्सिङ छ।

मानव सुवेदीले यो गीतको भिडियो निर्देशन गरेका हुन्। भिडियोमा कलाकार हरिवंश आचार्य, स्वस्तिमा खड्का र महेश त्रिपाठीको अभिनय रहेको छ। भिडियोमा नविन लम्साल र घनश्याम पाण्डेले पनि साथ दिएका छन्। गीति नाटक शैलीमा तयार पारिएको गीतको भिडियोलाई सुशील सापकोटाले खिचेका हुन्।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर