• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

नवौँ राष्ट्रिय खेलकुद तयारीको लागी खेलकुल सामाग्री वितरण

काठमाडौं ।  कर्णाली खेलकुद विकास परिषदले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीको लागि कर्णाली प्रदेश  राजधानी वीरेन्द्रगरमा खेलकुद सामाग्री वितरण गरेको छ । 

परिषदले वीरेन्द्रनगर स्थित कराँतेका ५ वटा डोजोहरुलाई परिषदका सदस्य सचिव विश्वमित्र संज्यालको उपस्थितिमा उक्त खेलकुद सामाग्री विरतण गरेको हो । 

परिषदका सदस्य सचिव विश्वमित्र संज्यालले गण्डकी प्रदेश पोखरामा हुने नेश्नल ग्याममा कर्णाली प्रदेशबाट सहभागी हुने कराँतेका खेलाडीहरुले मेडल प्राप्त गरी कर्णाली खेलकुद विकास परिषदलाई सम्मानका लागी माला र खादा लाउने अबसर दिन खेलाडीहरुलाई आग्रह गरे । 

खेल तयारीको लागि सबैभन्दा पहिला खेलकुद सामाग्री उपलब्ध हुनु पर्ने भन्दै सदस्य सचिव संज्यालले आफुले सके जति खेलाडीहरुलाई ट्रेनिङको सामान अभाव हुन नदिने बाचा गरे । सदस्य सचिव संज्यालले अहिले बजेट अभावका कारण खेलाडीहरुलाई भने जति सामाग्रि उपलब्ध गराउन नसकिएको भन्दै उनले  अहिले जति छ त्यसमा आलोपालो गरेर भए पनि खेल्न आग्रह गरे । 

‘परिषद अहिले बजेटमा केहि साघुरो अबस्थामा छ तपाईहरुलाई चाहिने अनगिन्ती सामानहरु छन् म बुझ्छ्, ‘उनले भने,’ ‘कराँते र ट्याकुण्डोको लागि डमीको पनि आवाश्यकता छ त्यसको लागि बजेट व्यवस्थापन गर्न हामीले पहल गरेका छौ,।’

आउने दिनहरुमा कर्णाली प्रदेशमा खेलकुद तयारीको लागि विभिन्न ट्रेनिङ गर्न प्रदेशमै सुविधा सम्पन्न रंगसाला बन्न लागेको भन्दै सदस्य सचिव संज्यालले खेलाडीहरुको आशालाई निराशामा बदल्न नदिने भन्दै नवौँ राष्ट्रिय खेलकुदको लागी मेहनतका साथ लाग्न सबै खेलाडीलाई आग्रह गरे । 

कराते महासंघ कर्णाली टेक्नीकल कमिटीका अध्यक्ष प्रदिप कुमार राइले कर्णाली खेलकुद परिषदले उक्त सामाग्री सहयोग गरेर नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुनका लागि आफुहरुलाई तयारी गर्न निकै प्रेरण मिलेको बताए ।

‘खेलकुद परिषदले गरेको सहयोगले हामीलाई निकै हौसला प्रदान गरेको छ, ‘अध्यक्ष राइले भने,’ ‘हामीले आउने दिनमा खेल जगतबाट जसरी पनि प्रदेशको नाम उचो राख्ने प्रयास गर्ने छौ । त्यसको लागि कर्णाली प्रदेश खेदकुद परिषदले  अभिभावकत्व लिनु पर्छ,।’

खेलकुद विकास समिति सुर्खेतका अध्यक्ष चन्द्र गीरीले  खेलमा सबैभन्दा अनुसाशन भएको भन्दै सबै खेलाडीहरुलाई अनुसाशनका साथ खेलमा लाग्नको लागि खेलाडीहरुलाई आग्रह गरे । 

खेलकुद विकास परिषदले सुर्खेत मुख्य डोजो वीनपा ८ ,वीरेन्द्र नगर डोजो वीनपा ६ , प्रसंसा डोजो वीनपा ४, उत्तर गंगा डोजो वीनपा ३ , सेन्टमेरी डोजो वीनपा ९ लाई पंचिङ प्याट, पोकस प्याट, ह्याण्ड मिट, सिनपलस इनस्टीप प्याट, किक प्याट, टेस्ट प्याट लगायतका खेलकुद सामाग्रीहरु वितरण गरेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर