फ्राइडे रिलिजमा आजबाट फिल्म ‘चपली हाइट–३’

काठमाडौं । फ्राइडे रिलिजमा आजबाट फिल्म  चपली हाइट–३ प्रदर्शन हुँदै छ । 

फिल्मको टिकटका लागि देशभरका मल्टिप्लेक्सले बुधबारदेखि नै बुकिङ खुल्ला भइसकेको छ भने भने क्यूएफएक्सले ३६ शो उपलब्ध गराएको छ। अन्य मल्टिप्लेक्सले पनि चपली हाइट–३ लाई राम्रो शो दिएको छ ।  

निकेश खड्काको निर्देशनमा बनेको फिल्ममा आकाश बरालको लेखन तथा संवाद रहेको छ। सुवास भुसाल र अर्जनु कुमारको संगीत रहेको फिल्मको गीतमा डीपी खनालको शब्द रहेको छ।

अर्जुन कुमारले निर्माण गरेको फिल्ममा आमिर गौतम, स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी, प्रतीकमान श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहरी, जीवन भट्टराई, सुष्मा निरौलालगायतका कलाकारको अभिनय रहेको छ। पुरुषोत्तम प्रधानको छायांकन रहेको फिल्ममा दीर्घ खड्काको सम्पादन रहेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर