सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको एघारौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको एघारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिसर्स क्लब भद्रकालीमा  भौतिक उपस्थिति एवं अनलाइनमार्फत सम्पन्न भएको हो ।  

साधारण सभाले बैंकको चुक्ता पूँजीको ६.०५ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव परित गरेको छ । २०७८ आषाढ मसान्तमा कायम चुक्ता पुँजीमा नौ अर्व तीन करोड चौवालिस लाख उनान्तिस हजार पाँच सय दुई रुपैयाँ पचास पैसा मा ५.७५ प्रतिशतले हुन आउने रकम एकाउन्न करोड चौरानब्बे लाख उनासी हजार छ सय छयानब्बे रुपैयाँ उनान्चालिस पैसा बराबरको बोनश शेयर वितरण गर्ने र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.३० प्रतिशतले हुन आउने रकम दुई करोड त्रियहत्तर लाख एकचालिस हजार छत्तिस रुपैयाँ पैसठ्ठी पैसा बराबरको नगद लाभाशं वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७—७८ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाड लगायतका प्रतिवेदन पारित गरेको छ । साथै साधारण सभाबाट बैंकको संस्थापक समूहमा हाल रहेको ५३.४१५ शेयर संरचनालाई ५१५ हुने गरी शेयरधनीहको शेयर संरचना परिवर्तन गर्ने संचालक समितिको निर्णय अनुमोदन गरेको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर