ज्योति नगरको पहिरो नियन्त्रणका लागि ३ महिनाभित्र  बजेट कार्यन्वयन गर्न मुख्यमन्त्री केसीको निर्देशन

बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले चुरे क्षेत्रभित्रको बुटवल ज्योती नगरका पीडितहरुका लागि न्याय प्रदान गर्न सबैलाई समन्वय गरी छिटो भन्दा छिटो परिणाम दिने गरी अगाडि बढ्नका लागि चुरेक्षेत्र विकास कार्यक्रमसँग सरोकारवालाई निर्देशन गरेको थिए । उाले भनेः–“ प्रदेस सरकारले संघीय सरकार एवं चुरे वन संरक्षण कार्यका लागि लाग्ने कार्यालयहरुले माघ पहिलो सातादेखि नै कार्यन्वयनका लागि दैनिक कार्यसूची बनाएर अगाडि बढ्नु होस् । हामीले चैत्रसम्म जसरी पनि ज्योति नगरको पहिरोको समस्या हल गरौँ, प्रदेशको ठूलो विपत्तिमा परेका जनतालाई राहत प्रदान गरौँ, यस बेला सबै काम गर्नुहोस । हामीले सबैको सहकार्यमा गराँै । यसबाट कसै पछाडी हट्ने छुट छैन ।”

सरोकार राख्ने सबै कार्यालयलाईहरुलाई ३ महिनाभित्र काम गरी सो पहिरो पीडित जनतालाई राहत प्रदान गर्दै जनतालाई सरकार भएको अनुभूती गराउनु पर्ने बताए । जनतालाई सेवा दिन सबैले दत्त चित्त भएर काम गर्न र कर्मचारी समयन्त्रले पनि जनताको संम्वेदनशीलतालाई ध्यानमा राखेर काम गर्नका लागि निर्देशन दिएका छन् ।

ज्योती नगरको पहिरो पीडितलाई राहत प्रदान गरी विपत्तीमा पनि एकताको सन्देश दिन सक्नु नै प्रमुख कार्यभार रहेको बताए । उनले प्रदेशका जनताहरुका महाविपत्तितमा प्रदेश सकरारले केही समय अगाडि पनि  सहयोग गरेको बताउँदै बजेटको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गर्दै यस कार्यमा समन्वय गरी दिई जनतालाई पीडाबाट मुक्त दिन सकिने बताए ।

यस्तो कुरा चुरे क्षेत्र र ज्योति नगर पहिरो नियन्त्रण सँग समन्धीतहरुसँग मन्त्रालयमा भएको सम्वनयात्मक बैठकमा बताएका हुन् ।

चुरे कार्यन्वय इकाई बुटवलबाट ज्योति नगर पहिरो नियन्त्रकण लागि २ करोडको १५ लाख र खानेपानीबाट करिव ६५ लाख बजेटको कार्यन्वयन तत्काल गर्ने विषयमा सबैसँग सहकार्य गरी अगाडि बढ्नका लागि नै भएको बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका मेयर शिव सुवेदीले चुरे क्षेत्र अन्तर्गत आफ्नो उपमहानगरपालिका भित्र रहेको ज्योति नगरको पहिरो नियन्त्रणका लागि नगरले सकेसम्म गरिएको बताउँदै  प्रदेश सरकार र संघीय सरकारबाट सहयोग गर्नका लागि अनुरोध गरे । सबै कार्य गर्दा जनतालाई सहभागी बनाएर अगाडि बढाउनको लागि अपिल गरे ।

लुम्बिनी प्रदेश प्रमुख सचिव डिल्लीराम शर्माले यस लुम्बिनी प्रदेशभित्र ज्योति नगरका पहिरो पीडितलाई कार्यन्वयनमा परिणाम देखिने गरी काम गर्नका लागि प्रदेश सरकारका विभिन्न मन्त्रालय तयार रहेको बताए ।

चुरे विकास बोर्डले चुरे क्षेत्र अन्र्तगत लुम्बिनी प्रदेशमा कोरानाका कारणले मृत्यु भएका मृतकको स्मृतिमा पार्क बनाउन सकिने जान सकिने बताएको छ । मुख्यमन्त्रीले सबैलाई दिएको निर्देशनबाट अब काम हुन्छ भन्ने कुरामा विश्वास गरेको बैठकमा एक सहभागी समाज सेवी एवं पीडितले बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर