• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

माघ पहिलो हप्ताभित्रै स्थानीय तहको निर्वाचन मिती तय गर्न आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले माघको पहिलो हप्ताभित्रै स्थानीय तहको निर्वाचनको मिती तय गनुपर्ने बताएको छ । स्थानीय तहको निर्वाचन तोकिएकै समयमा गर्नुपर्ने भन्दै राजनीतिक दलहरूलाई आयोगले आग्रह गरेको हो ।

आज(शुक्रबार) आयोगले बोलाएको सर्वदलीय बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले तोकिएकै समयमा निर्वाचन गर्नुको विकल्प नरहेको भन्दै माघको पहिलो हप्ताभित्रै मिति तोक्नुपर्ने बताएका छन् । यसअघि पनि आयोगले प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूसँगको छलफलमा २०७९ साल वैशाख १४ गते एकै चरणमा वा दुई चरणमा गर्ने भएपनि वैशाख १४ र २२ गते स्थानीय निर्वाचन गर्न प्रस्ताव गरेको हो । तर, त्यसबारे अहिलेसम्म कुनै निर्णय भैसको छैन ।

माघको पहिलो हप्ता भित्रै निर्वाचनको मिती नतोकिएमा प्राविधिक, व्यावस्थापकिय, व्यावहारिक दृष्टीले निर्वाचन गर्न कठिन हुनेहुदा आयोगले राजनैतिक दल तथा सरोकारवालाहरुको ध्यानार्कषण गराएको हो । आयोगका अनुसार आगामी २०८९ साल जेठ ५ गते भन्दा अगाडि नै निर्वाचन गरी पद बहाली गराउने गरी निर्वाचन गर्न आग्रह गरेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर