• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

पीएम कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको अन्तिम चारमा बागमती प्रदेशको प्रवेश 

काठमाडौं । बागमती प्रदेश प्रधानमन्त्री (पीएम) कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ । टियु क्रिकेट मैदानमा शनिबार गण्डकी प्रदेशलाई ४० रनले हराउँदै बागमती अन्तिम चारमा पुगेको हो । बागमतीले दिएको १ सय ४४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको गण्डकीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३ रन मात्र बनाउन सफल भयो ।

यस अघि पहिले ब्याटिङ गरेको बागमतीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन बनाएको थियो । बागमतीका लागि विपिन आचार्यले सर्वाधिक ३० रन जोडे । गण्डकीका विशाल पौडेल र कृष्ण पौडेलले २÷२ विकेट लिए । अशोक श्रेष्ठ, सुबाश भण्डारी र कमल परियारले १÷१ विकेट लिए । यस जितसँगै समूह बी मा रहेको बागमतीले ४ खेलमा ६ अंक जोड्यो । बागमती समूहको उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो । गण्डकी ३ खेलमा अंक विहीन रहेको छ । गण्डकी पुछारमा रहेको छ  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर