• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

हेर्नुहोस् नरिवल खानुको फाइदा ! 

काठमाडौं । नरिवल धार्मिक र आर्थिक दृष्टिले अति महत्वपूर्ण मानिएको छ । नरिवलले मानिसलाई पौष्टीक आहार प्रदान गर्दछ । नरिवल धार्मिक पूजा, विवाह, व्रतबन्ध शुभकार्य, यज्ञ, शुभ साईत आदिमा आवश्यक मानिन्छ ।

यसलाई धार्मिक पूजामा पवित्र फलको रुपमा चढाइन्छ । शुभ–विवाहमा मांगलिक फलको रुपमा प्रयोग गरिन्छ । विभिन्न देवपूजामा फल चढाउने बाहेक व्रतबन्ध हुँदा जोगीको रुप लिएर भिक्षाटन गर्दा नरिवल दिने चलन पनि छ । स्वास्थ्यका दृष्टीले पनि यसका विभिन्न फाइदाहरु छन्।
पिसाब खुलाउने
गर्मीले गर्दा अलि–अलि पिसाब हुने, राम्ररी खुलस्त भएर नआउने रोगमा बिहान्बेलुका नरिवलको पानी खाने गरे पिसाब खुलेर आउनेछ ।

रगत सफा गर्ने 
ताजा नरिवल पानी सेवन गर्ने गरेमा रगत बढाउँछ र स्वच्छ हुन्छ पार्दछ ।

घाउ खटिरामा 
घोच्ने, पोल्ने घाउमा नरिवलको तेल र बेसार फिटेर लगाए ठीक हुन्छ ।

अल्काईको रोगमा 
नरिवलको बाहिरको जटा पोलेर खरानी बनाउने तथा १्१ ग्लास दहीमा फिटेर बिहान÷बेलुका खाने गरेमा केही दिनमा नै अल्काई रोग ठीक हुन्छ अथवा तुलसीको पात १०÷१२ वटा खाएर पानीले निल्ने र तुलसीको पातको लेदो नरिवलको तेलमा फिटेर गुद्धद्वारको घाऊमा लगाउने गरेमा ठिक हुन्छ ।

कपाल राम्रो पार्न 
नरिवलको तेल टाउकोमा हाल्ने गरेमा कपाल कालो, लामो, बलियो, बाक्लो हुनलाई पूर्ण मद्दत गर्दछ ।

जुका परेमा 
नरिवलको पात पोलेर खरानी बनाएर छानेर बिहान÷बेलुका १्१ चम्चा खाँदा साधारण जुका र नाम्लेजुका आदि रोग निर्मुल भएर जान्छ।

कलेजोको रोगमा 
नरिवलको जराको पानी १्१ चम्चा खाने गरेमा १्२ हप्तामै कलेजो सम्बन्धी रोगमा फाइदा हुन्छ।

श्वासनलीको रोगमा 
नरिवलको जराको पानी १्१ चम्चा खाने गरेमा दम खोकी सम्बन्धी रोेग ठीक हुन्छ तथा श्वासनली आदि बलियो बनाई रोग निको पार्छ।

शीतपित्त भएमा 
नरिवलको तेलमा कपुर मिसाएर मालिस गर्नाले शीतपित्त ठीक हुन्छ अथवा नीमको तेलमा कपुर हालेर मालिस गर्नाले चिसोबाट हुने पित्त, खटिराहरु ठीक हुन्छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर