• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

सर्वोच्चका न्यायाधीश, मुख्य रजिस्ट्रारसहित २४ जनामा कोरोना संक्रमण

काठमाडौं । सर्वोच्च अदालतमा न्यायाधीश र कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । न्यायाधीश मीरा खड्का कोरोना संक्रमित भएकी छन् । भने अर्की न्यायाधीश सपना प्रधान मल्लको निजी सवारी चालकमा पनि कोरोना देखिएपछि होम आइसोलेशनमा छिन् । सर्वोच्च प्रशासनका अनुसार मुख्य रजिष्ट्रार लालबहादुर कुँवरलाई पनि कोरोना देखिएको छ । उनी अहिले सशस्त्र प्रहरीको अस्पताल बलम्बुमा उपचाररत छन् । सर्वोच्चमा अहिले २४ जनालाई कोरोना देखिएको छ । 

यस्तै आइतबार मात्रै ३० जना भन्दा बढीको स्वाव परिक्षण गरिएको छ । देशभरका अन्य अदालतहरुमा पनि कोरोना संक्रमितको संख्या बढिरहेको छ । यस्तै, सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलन भइरहेको छ । भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे भन्दै कानुन व्यवसायीले  ७८ दिनदेखि आन्दोलन गरिरहेका छन् । प्रधानन्यायाधीश जबरा पनि कोरोना संक्रमित भइ बलम्बु अस्पतालबाट डिस्चार्ज भइसकेका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर