• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

गीतकार डा बराललाई र सङ्गीतकार गुरुङलाई सम्मान र पुरस्कार

काठमाडौँ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा पुरस्कार घोषणा गरेको छ । प्रतिष्ठानका अध्यक्ष गणेश राईका अध्यक्षतामा बसेको भर्चुअल बैठकले वरिष्ठ गीतकार प्रा डा कृष्णहरि बराललाई रु ५० हजारको ‘प्रतिभा सम्मान’ र युवा सङ्गीतकार गणेश गुरुङलाई रु एक लाखको ‘प्रतिभा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका महासचिव देवेन्द्र खेरेसले जानकारी दिए । 

सन् २००८ मा बेलायतमा स्थापित सो संस्थाबाट हालसम्म ईश्वर मानन्धर,  अम्बर गुरुङ, जीवी लुगुन, भक्तराज आचार्य, प्रा डा गोविन्दराज भट्टराई, बुँद राना, टेकवीर मुखिया, प्रद्युम्न श्रेष्ठ (सिक्किम) र भागीरथी श्रेष्ठ, वेणु आचार्य, दावा ग्याल्मो (दार्जिलिङ) का साथै गोपाल पराजुली र डा राजेन्द्र विमल सम्मानित भइसक्नुभएको छ ।

यसैगरी ‘प्रतिभा पुरस्कार’बाट हालसम्म नवीन विभास, कुवेर राई, उपेन्द्र सुब्बा, श्रवण मुकारुङ, मोमिला जोशी, राजकुमार दिक्पाल, भूपाल राई, बीबी अनुरागी, टीका चाम्लिङ, फूलमान वल, बलराम अधिकारी, शुभ मुकारुङ र विमला तुम्खेवा पुरस्कृत  भइसकेका छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर