• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

२९ वटा डमरुलाई जन्म दिने चर्चित बघिनी ‘कलरवाली’ को मृत्यु 

काठमाडौं । चर्चित बघिनी ‘कलरवाली’ को भारतको मध्यप्रदेशस्थित पेन्च राष्ट्रिय निकुञ्जमा मृत्यु भएको छ । २९ वटा डमरुलाई जन्म दिएको यो बघिनीलाई ‘सुपर मम’ पनि भनिन्थ्यो ।

१७ वर्षको यो बघिनी तीन–चार दिनदेखि बिरामी रहेको र गत शनिबार पेन्च राष्ट्रिय निकुञ्जमा मृत्यु भएको मध्यप्रदेशस्थित वन विभागले जनाएको छ । निकुञ्जका अधिकारीहरुको उपस्थितिमा उसको अन्तिम संस्कार गरिएको थियो ।

यो बघिनीको जन्म पेन्च नेशनल पार्कमा सन् २००५ मा भएको थियो । सन् २००८ मा पहिलो पटक आमा बनेकी उक्त बघिनीले सन् २०११ मा एकैपटक पाँच डमरु जन्माएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्  ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर