• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

थप ६७३४ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्य

काठमाडौं । नेपालमा सोमबार ६ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १४ हजार १४ पिसिआर परिक्षणका क्रममा ५ हजार ७ सय ४७ जना र ३ हजार ४ सय ५१ एन्टीजेन परिक्षणका क्रममा ९ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ६ सय २३ संक्रमितको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप ५ सय ४७ जना निको हुँदा हालसम्म नेपालमा ८ लाख १६ हजार ९ सय ८५ जना निको भएका छन् । हाल नेपालमा ३० हजार ८ सय ७७ सक्रिय संक्रमित आइशोलेशनमा र एक सय जना क्वारेन्टाइनमा रहेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर