• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

चीनको जीडीपीमा ८.१ प्रतिशतको वृद्धि 

एजेन्सी । गत वर्ष चीनको कुल ग्रार्हस्थ उत्पादन (जीडीपी) मा ८.१ प्रतिशतले वृद्धि भएको छ । सन् २०२१ मा देशको कुल जीडीपी बढेर ११४.३७ ट्रिलियन युआन (झण्डै १८ ट्रिलियन अमेरिकी डलर) पुगेको त्यहाँको राष्ट्रिय तथ्याङ्क विभाग (एनबीएस)ले जनाएको छ ।

सरकारले ६ प्रतिशत भन्दा माथि वृद्धि हासिल गर्ने लक्ष्य राखेको थियो । सरकारी लक्ष्य भन्दा धेरै वृद्धि भएको हो । चीनको जीडीपी झण्डै एक दशकमा सबैभन्दा तीव्र रूपमा बढेको ग्लोबल टाइम्सले जनाएको छ ।

चीनको अर्थतन्त्र सन् २०२० को तुलनामा २ ट्रिलियन डलर बढेको छ । जुन लगभग विश्वको आठौँ ठूलो अर्थतन्त्र इटलीको सन् २०२० को जीडीपी बराबर हो ।

यस्तै, एनबीएसका अनुसार सन् २०२१ मा चीनको प्रतिव्यक्ति आय झण्डै १२ हजार पाँच सय ५१ डलर छ । यो विश्व बैंकले परिभाषित गरेको उच्च आय भएका देशको नजिकै हो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर