• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

‘स्मार्ट लकडाउन’ सम्बन्धी अर्को आदेश जारी

काठमाडौं । काठमाडौं उपत्यकामा आज (मंगलबार) फेरी ‘स्मार्ट लकडाउन’ सम्बन्धी अर्को आदेश जारी भएको छ । आज मध्यरातदेखि लागू हुने गरि माघ मसान्तसम्म सार्वजनिक स्थानमा भेला हुन रोक लगाइएको छ ।

गोष्टी, सेमिनार, समीक्षा, बैठक जस्ता क्रियाकलापहरू सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्न प्रशासनले आदेश दिएको छ भने भौतिक रुपमा उपस्थित भइ गर्नुपर्ने कार्यक्रममा २५ जना भन्दा बढी सहभागी नहुन प्रशासनको सूचनामा भनिएको छ ।

सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, हेल्थ क्लब, जिमखाना, स्विमिङ पुललगायतका स्थलहरु माघ १५ गतेसम्म बन्द गर्ने निर्णय भएको छ । माघ सात गते देखि अनिवार्य खोप कार्ड देखाउनु पर्ने र सार्वजनिक यातायातमा सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाउने लगायतका निर्णय प्रशासनले गरेको हो ।
कोरोना संक्रमण बढ्दै गएपछि एक हप्ता अघि तीन वटै जिल्ला प्रशासन कार्यालयले विभिन्न बुदाँ सहित आदेश जारी गरेका थिए ।

सार्वजनिक स्थलमा २५ भन्दा बढी भेला हुन नपाउने निर्देशन जारी गरेतापनि उपत्यकाका धेरै स्थानमा निर्देशनको प्रभाव देखिएको थिएन । मतदाता नामावली दर्ता गर्ने कार्यालय, यातायात विभाग, राहदानी विभाग, विमानस्थल लगाएतका सार्वजनिक स्थानमा चाप बढ्नुका साथै सुरक्षा मापदण्डको व्यवस्था फितलो देखीएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर