• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

ब्राइटनसँग बराबरीमा रोकियो चेल्सी 

काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत गए राति भएको खेलमा चेल्सी घरेलु टोली ब्राइटनसँग बराबरीमा रोकिएको छ ।

अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियममा दुवै टोलीले १–१ को बराबरी खेलेका हुन् ।सुरुवाती अग्रता जोगाउन नसक्दा चेल्सी अंक बाँड्न बाध्य बन्यो ।

खेलको २८औं मिनेटमा हाकिम जियाचले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए। ६०औं मिनेट एडम वेवस्टरले ब्राइटनका लागि बराबरी गोल गरे ।

त्यसपछि कुनै पनि टोलीबाट गोल हुन नसक्दा खेल १–१ को बराबरीमा सकिएको हो । यो नतिजासँगै चेल्सी २३ खेलमा ४४ अंकका साथ तेस्रो तथा ब्राइटन २१ खेलमा २९ अंक जोडेर नवौं स्थानमा यथावत छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर