अभिनेता गैस्पर्ड उलीलको निधन  

 काठमाडौं ।  सिरिज ‘मुन नाइट’का अभिनेता गैस्पर्ड उलीलको निधन भएको छ।

सिरिज रिलिज हुनुअघि नै उनको ‘स्की’ दुर्घटनामा निधन भएको हो। उनको परिवारका अनुसार फ्रान्सको दक्षिण पूर्वी क्षेत्रमा स्की गरिरहेका उनको दुर्घटनाका कारण निधन भएको छ।

उलीलले काम गरेको ‘मुन नाइट’ मार्च ३० मा प्रदर्शन हुने घोषणा भएको छ। सुपरहिरो फिल्म ‘मुन नाइट’मा उनी एन्टन मोर्जाटको भूमिकामा देखिएका छन्। फ्रेन्च अभिनेता उलीलले ‘हेनीबल राइजिङ’, ‘सेन्ट लौरेन्ट’जस्ता सफल चलचित्रसँगै चार दर्जनभन्दा बढी फिल्ममा काम गरिसकेका छन्। 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर