• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

डेम्बेलेलाई जाभीको सन्देशः क्याम्प नोउ छोड्न तयार होउ

एजेन्सी । फ्रान्सेली स्टार उसमान डेम्बेलेलाई पूर्ण फर्ममा ल्याएर क्लबले फाईदा लिनुपर्छ भन्ने पक्षमा थिए प्रशिक्षक जाभी हर्नान्डेज ।

उनले क्याम्प नाउमा क्याटलान क्लब सम्हाल्दा त्यही अपेक्षा गरेर डेम्बेलेलाई सुधार गर्ने प्रयास गरे । तर क्षमता भएर पनि विविध कारणले मैदानमा प्रष्फुटन हुन नसकेका डेम्बेलेलाई अब धेरै नराख्ने निचोडमा क्याम्प नोउ पुग्यो ।

त्यही सन्देश प्रशिक्षक जाभीले डेम्बेलेलाई दिए र नयाँ सम्झौता नहुने भएकाले सकेसम्म यही महिना क्लब छोड्न आग्रह गरे । 

उनले आग्रह मात्र गरेनन् बिहीबार राती हुने कोपा डेल रे कप को एथ्लेटिको क्लब विरुद्धको खेलाडीको सूचीमा नै राखेनन् ।

तर डेम्बेले भने यो सिजन क्याम्प नोउमा गुजारेर नयाँ ट्रान्सफर विण्डोमा नयाँ क्लब खोज्ने दाउमा छन् । बार्सिलोनाका एक अधिकारीले डेम्बेलेलाई क्लबमा राख्न सात महिनादेखि गरिएका विभिन्न अफरहरुलाई डेम्बेलेका एजेन्टले अस्वीकार गरेकाले अन्तिममा हटाउने निर्णय गरिएको हो ।

डेम्बेले सन् २०१७ मा १४५ मिलियन युरोमा जर्मन क्लब बोरुसिया डर्टमण्डबाट बार्सिलोना भित्रिएका थिए । साँढे ४ सिजन क्याम्प नोउमा बिताएका उनको सम्झौता अवधि ६ महिना बाँकी छ । 

सन् २०२१, २२ मा ११ खेल खेलेका राईट विंगर डेम्बेलेले १ गोल र २ असिस्ट गरेका छन् । उनी मैदानमा भन्दा अधिकाँश समय मैदान बाहिर आफ्नै फिटनेशसँग जुधिरहने खेलाडीमा पर्दछन् ।
 

???? Convocatoria
???? #AthleticBarça pic.twitter.com/Vm43pRhWRT

— FC Barcelona (@FCBarcelona_es) January 20, 2022

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर