• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

सत्तारुढ गठबन्धनकोसमन्वय समितिको बैठक बस्दै 

काठमडौं । सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज अपरान्ह ४ बजे बैठक बस्न  लागेको हो । 

गठबन्धनमा स्थानीय तहको निर्वाचन कि संघीय संसदको निर्वाचन पहिला भन्ने बहस चलिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने पक्षमा छन् भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल संघीय चुनाव अगाडि गर्नुपर्नेमा जोड दिइरहेका छन् ।

शीर्ष नेताहरुबीच उक्त विषयमा सहमति नभएपछि विहीबारको बैठक स्थगित गरिएको थियो । उक्त बैठक स्थगित भएपछि विहीबार साँझ प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीच भेटवार्ता भएको थियो । सोही भेटवार्तापछि समन्वय समितिको बैठक अपरान्ह ४ बजे बोलाइएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर