• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

मेलम्चीको पानी यसै वर्ष काठमाडौंमा ल्याउने प्रधानमन्त्री देउवाको प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्चीको पानी यस वर्षभित्र काठमाडौंवासीका लागि ल्याइने प्रतिवद्धता जनाएका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले बाढीबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको मर्मत गरी यस वर्षभित्रै पानी ल्याइने जानकारी दिए । 

उनले आफ्नो नेतृत्वको सरकारले रासायनिक मल ‘जी टू जी’ मार्फत खरिदका लागि प्रक्रिया अघि बढाएको पनि जानकारी दिए । उनले धान र उखुको न्यूनतम खरिद मूल्य निर्धारण गरिएको भन्दै किसानलाई यसबाट राहत पुग्ने विश्वास सरकारले लिएको जानकारी दिए । 

उनले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोनाविरुद्धको खोपको व्यवस्था चाँडै हुने पनि बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर