• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

उपत्यकामा आजबाट थप कडाई, सवारीमा जोरबिजोर प्रणाली लागू (आदेशसहित)

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि शनिबारबाट थप कडाई गरिएको छ। नयाँ भेरियन्टसहितको कोरोना भाइरस संक्रमण बढेकाले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका सिडिओहरुको संयुक्त बैठक बसेर आदेश जारी गरेको हो।

आजबाट सार्वजनिक तथा निजी सेवा प्रदायकले सम्भव भएसम्म विद्युतीय प्रणालीमार्फत सेवा प्रदान गर्ने व्यवस्था मिलाउन निर्देश दिएको छ । प्रशासनले २० जनाभन्दा बढी उपस्थित हुन रोक लगाएको छ। सार्वजनिक सेवा लिँदा साथमा खोप कार्ड अनिवार्य बोक्नुपर्नेछ।

काठमाडौं उपत्यकामा शनिबारबाट सवारी साधनमा जोर बिजोर प्रणालीमा लागू भएको छ। सार्वजनिक र निजी सवारी साधनहरु (दुई पांग्रेसहित)उपत्यका भित्र जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्रणालीमा सञ्चालन गर्नुपर्नेछ।

 औषधि एवं स्वास्थ्य सामग्री बोकेका सवारी साधन, एम्बुलेन्स, दमकल, शववाहन, ग्याँस, पेट्रोलियम पदार्थ, निर्माण सामग्री बोक्ने सवारी साधन (चालक र सहचालक मात्र), खाद्यान्न, पानी, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, अन्डा, माछामासु, पशुपंक्षीका दाना, एवं कृषि तथा पशुजन्य सामग्रीहरु बोक्ने सवारी साधन (चालक र सहचालक मात्र),परिचयपत्रको आधारमा सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सार्वजनिक संस्थानका कर्मचारी, परिचयपत्रको आधारमा वैक/बीमा/बित्तीय संस्था/वायुसेवा कम्पनीका कर्मचारी, सूचना तथा प्रशारण विभागवाट जारी पत्रकार परिचयपत्र रहेका संचारकर्मी, सरकारी सवारी साधन, कुटनैतिक नियोगका सवारी साधनलाई भने जोर बिजोर प्रणाली लागु हुँदैन।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर