• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

भारतमाथि दक्षिण अफ्रिकाको सहज जित 

काठमाडौं । भारत र दक्षिण अफ्रिकाबीचको तीन खेलको एक दिवसीय सिरिजको दोस्रो खेलमा पनि दक्षिण अफ्रिका विजयी भएको छ। भारतले दिएको २८८ रनको लक्ष्य दक्षिण अफ्रिकाले ११ बल अगावै ३ विकेट गुमाएर पूरा गर्दै सिरिज २–० ले कब्जा गरेको हो।

टस जितेर पहिलो ब्याटिङ गरेको भारतले ऋषभ पन्तको ८५ तथा केएल राहुलको ५५ रनको अर्ध शतकीय इनिङ र सार्दुल ठाकुरको ४० रन र रविचन्द्रन आश्विनको २५ रन साथै शिखर धवन २९ भेनकेटे अय्यरको २२ रनमा निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २८७ रनको उच्च स्कोर तयार गरेको थियो।

जवाफमा दक्षिण अफ्रिकाले पनि उत्कृष्ट प्रदर्शन ग¥यो। ओपनरहरू जनेमन मलान र क्विन्टन डिककले पहिलो विकेटका लागि १३२ रनको साझेदारी गरे। मलानले ९१ रन बनाउँदा डि ककले ७८ रनको इनिङ खेलेका थिए। त्यस्तै‚ कप्तान टेम्बा बभुमाले ३५ रन बनाउँदा एडेन माक्रम र रसिभ भान डेर डुसेनले समान ३७–३७ रनको अविजित इनिङ खेल्दै दक्षिण अफ्रिकाको जित निश्चित गरेका थिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर