अब समय आउँदैछ, यथार्थ खुलाउनेछु : गायिका समीक्षा अधिकारी

काठमाडौं । गायिका समीक्षा अधिकारीले अभिनेता पल शाहसँगको आफ्नो सम्बन्धको वास्तविक यथार्थ बाहिर ल्याउने अठोट गरेकी छिन् । उनले सामाजिक संजालमा एक पोष्ट गर्दै यस अगाडिका आफ्ना अभिव्यक्ति वास्तविकताभन्दा बाहिर रहेको र अनुरोधमा लेखिएको बताएकी छन् ।

उनले २४ अक्टोबर २०२१ मा लेखिएको स्टाटस सहित एक पोष्ट गर्दै भनेकी छन् ‘म लामो केही भन्दिन । २४ अक्टोबर २०२१ मा मेरो फेसबुकमा लेखिएको यो स्टाटस वास्तविकता भन्दा धेरै टाढा छ । जुन कसैको अनुनयमा लेखेको थिएँ । अब समय आउँदैछ, यथार्थ खुलाउँदैछु ।’गत २४ अक्टोबरमा उनले पल र आफ्नो बीच अभिभावकको सम्बन्ध भएको बताउँदै मिडियामा आएको अन्तरंग सम्बन्धको समाचारले चरित्र हत्या भएको बताएकी थिइन् । तर अहिले भने उनले शो स्टाटस नै झुट भएको बुझाउन खोजेकी छन् । 


केही अगाडि समीक्षाको पल शाहसँग अन्तरंग सम्बन्ध रहेको समाचारले मिडियामा प्रथामिकता पाएको थियो । मिडियाले पलसँग जोडेर आफ्ना बिभिन्न समाचार र गसिफ लगातार बनाएपछि उनले फेसबुकमार्फत एक स्पष्टिकरणका रुपमा पल र आफूबीच कुनै सम्बन्ध नरहेको भन्दै २४ अक्टोबरमा एक पोष्ट गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर