• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

स्वस्थानी व्रतकथाः कति सान्दर्भिक ? (भाग— १)

नेपाली समाजमा स्वस्थानी व्रतकथा सुन्ने सुनाउने र त्यसमा उल्लेख भए अनुसार व्रत र धार्मिक कार्यहरु गर्ने कार्य प्रबलरुपमा देखिन्छ । पुष शुक्ल पुर्णिमादेखि माघ शुक्ल पुर्णिमासम्म एक महिना मनाइने यो व्रत महिलाहरुले लिने गरेको देखिन्छ र यो व्रतलाई निकै कठिन ब्रतको रुपमा पनि लिइन्छ । धार्मिक मान्यतामा सत्ययुगको बेला पार्वतीले महादेवलाई पतिको रुपमा पाउँन स्वास्थानीको पूजा र व्रत गरेकी थिइन रे । त्यही व्रतका कारण पार्वतीले महादेवलाई पाएको रे भन्ने धारणा व्यप्त छ नेपाली महिलाहरुकाबीचमा ।

कुनै पनि कथा, साहित्य केवल मनोरन्जनका लागि मात्र लेखिएको हुँदैन । ती साहित्यभित्र निश्चित बिचार घुसेको हुन्छ अर्थात निश्चित बिचारलाई ठाडो आदेशबाट समाजमा लागु गर्न कठिन हुने भएकोले मानिसहरुको भावनात्मक संवेदनालाई छुने गरी कला, साहित्य मार्फत बिचारहरु पस्किने गरिन्छ । धार्मिक साहित्य भने पनि, यौन साहित्य भने पनि, उत्तर आधुनिकतावादी विचारविहिन साहित्य भने पनि वा प्रगतिवादी साहित्य भने पनि सबैले केही बिचारहरु समाजमा लागु गर्ने सोचका साथ नै काम गरिरहेका हुन्छन् । 

स्वस्थानी व्रतकथा पनि धेरै पुराणहरुमा उल्लेख भएका कथाहरुलाई एकठाउँमा जोडेर धार्मिक भावनाका साथसाथै समाजमा पुरुषवादी मान्यतालाई अझ बलियोसँग बाँध्नका लागि नै बनाइएको हो भन्ने कुरा यस कथाका प्रसंगहरुले स्पष्ट गरेको देखिन्छ । स्वस्थानी कथा स्कन्ध पुराणसँग जोडिएको छ भनेर धेरै संस्कृति विज्ञहरुले भनेका छन् ।

डा. योगी विकाशानन्दका अनुसार स्वस्थानी व्रतकथाका अधिकान्स कुराहरु पद्य्म पुराणबाट लिइएको छ ।  इतिहासकार एवं संस्कृतिविद काशिनाथ तमोटका अनुसार पहिले संस्कृत भाषामा विक्रम संवत १६३० मा स्वस्थानीको व्रतकथा लेखिएको हो र विक्रम संवत १६६० मा नेपाल भाषा (नेवारी)मा उल्था गरिएको भेटिन्छ । (यी हुन स्वस्थानी व्रतकथाबारेका चार रोचक कुराहरु, बिबिसी न्युज, नेपाली, २५ जनवरी २०२०) वहाँले यो व्रतकथालाई काठमाण्डौ केन्द्रित कथा पनि भन्नुहुन्छ । पहिले लेखिए पनि पछि समयानुसार धेरै कुरा यसमा थपघट गरिएको पनि वहाँको विश्लेषण छ । आधारभूतरुपमा भन्दा विभिन्न पुराणका कतिपय सन्दर्भहरुलाई जोड्जाड् पारेर काठमाण्डौ स्थानलाई केन्द्रित गरेर अलग्ग पुराणका रुपमा पुराण वाचन गर्न स्वस्थानी व्रतकथा लेखिएको भन्ने कुरा भने स्पष्ट हुन गएको छ । 

यस कथामा ब्रह्माण्डको उत्पत्ति लगायत पशुपंक्षी, रुखबिरुवा, मानिसहरुको उत्पत्तिलाई धर्मिक अंधविश्वासका आधारमा विश्लेषण गर्दै आधारभूतरुपमा महिलाहरुको संवेदनशील भावनालाई कथाको प्रसंगसँग घुलमिल गराउदै कथामा भनिएका कुराहरुलाई सत्य मानी व्यवहारमा उतार्न संदेश दिइएको देखिन्छ । ठूलाठूला धार्मिक ग्रन्थहरु धेरैले नपढ्ने भएकाले ती ग्रन्थका विषयवस्तु झिकेर सरल र मीठो शैलीमा स्वस्थानी ब्रतकथा तयार गरेको देखिन्छ । महिलाहरुको मानसिकतामा जे भर्न सकियो, उनीबाट जन्मेको सन्तान त्यही मानसिकतामा हुर्कने भएको हुँदा बडो मनोबैज्ञानिक ढंगले पुरातन सामाजिक सत्ता जोगाउने गरी स्वस्थानी ब्रतकथा उनिएको छ ।

स्वस्थानी ब्रत कथा सुन्न र स्वस्थानीको पूजा गर्न नुहाईधुवाई गर्ने, हातका नङ्ग काट्ने जस्ता स्वास्थ्य सचेतनाका सकारात्मक पक्षहरु पनि यसमा उल्लेख गरेको देखिन्छ । त्यस्तै गाउँघरतिरका कतिपय महिलाहरुलाई स्वस्थानी पढ्नकै लागि अक्षर चिन्ने कौतुहलता बढ्ने गरेको र कथालाई एकाग्र ढंगले श्रवण गरेर मुखले नै भटटट्ट भट्याउन सक्ने सीप बढाउनु यसको अर्को सकारात्मक पाटो मान्न सकिन्छ ।

धार्मिक मानिसहरुमा मनोबिज्ञान यसरी खडा गरिएको छ कि आजको समाजबाट कुरान लेख्दाको समाजमा जान मानिसहरु जबर्जस्त कोसिस गरिरहेका छन् । हो, धर्म र धार्मिक कथाहरुले खडा गर्ने मनोबिज्ञानले समाजको चेतनालाई हजारौं बर्षपछिको मान्यतामा धकेल्न खोज्छ ।

कथामा भनिएको स्वस्थानी को हुन ? कतै स्पष्ट देखिन्न । स्वस्थानीको पूजा बाहेक अन्यत्र कतै स्वस्थानीको प्रसंग धार्मिक कथाहरुमा देखिन्न पनि । भारतका केही भागतिर र भारतसँग सिमाना जोडिएका नेपालका तराई मधेसतिर कतै कतै संतोषी माँको ब्रत र पूजा गर्ने चलन देखिन्छ । स्वस्थानी पनि त्यस्तै निश्चत सीमाक्षेत्रभित्र विकसित भएको देवी हुनसक्छ । पृथ्वीनारायण शाहपछि नेपाल आएका विभिन्न विदेशीहरुले उपत्यकामा मनाइने विभिन्न चाडपर्वको चर्चा गर्दा पनि स्वस्थानीको बारेमा केही उल्लेख गरेका छैनन् ।

(राम लोहनी, स्वस्थानी कथाको अन्तरकथा ः बहुविवाहलाई स्वीकृति ?, अनलाइन खबर, २०७५ माघ २६ गते, ११ः४४ मा प्रकाशित) 

नेवारी भाषा (नेपाल भाषा)मा र अहिले हामीले पढ्ने गरेको नेपाली खस भाषामा लेखिएको स्वस्थानीको ब्रतकथाबीच पनि फरक देखिन्छ भनी अध्ययनकर्ताहरुले भन्ने गरेका छन् । कथामा उल्लेख भएको साली नदी काठमाण्डौमा नै पर्छ । लेखक शम्भु दंगालले आफ्नो लेख “नेपाली र नेवारी भाषका फरक स्वस्थानी” (रातोपाटी, माघ,२०७६) मा साँखुका संस्कृति अध्ययनकर्ता प्रवीणराज श्रेष्ठले स्वस्थानी बिषयमा शोध गर्न आएकी जेसिका भन्टाइनसँग सहकार्य गर्नुभएको थियो भन्नुभएको छ । वहाँकै भनाई अनुसार साँखुको ब्रजयोगिनी मन्दिर रहेको मणिच्यूड पहाडलाई मणिशैल पर्वत भनि भनिन्छ । मणिशैल पर्वतको मुनिबाट बगेको नदी शालीन नदीलाई शैल नदी हुँदै अपभ्रंश भएर साली नदी भएको हुनसक्छ ।

अब स्वस्थानीको इतिहास खोतल्नतिर भन्दा त्यस कथाभित्रका प्रसंगहरु आजका सन्दर्भमा कति उचित हुनसक्छ ? भन्ने बारेमा विश्लेषण गर्न तिर लागौं । यसको सान्दर्भिकताबारेमा चर्चा गर्न किन आवश्यक परेको छ भने आजको विकसित सामाजिक परिवेशमा पनि हजारौं लाखौं मानिसहरु आ–आफ्ना उत्पादशील कार्यहरु छोडेर स्वस्थानी ब्रतकथामा आगाध विश्वास राख्दै नदीमा नुहाउन र एक महिना ब्रत बसी कथाको मनोबिज्ञानसँग आफूलाई जोडेर पूरातन मान्यतामै रमाउने अवस्था बन्दैछ । धार्मिक अन्धविश्वास कति पाखण्डी हुन्छ भन्ने कुरा त अफगानिस्तानको तालीवानको प्रभावलाई हेरेर बुझ्न सकिन्छ । विज्ञानले विकास गरेको हतियार, प्रविधि, इन्टरनेट प्रयोग गरेर तालीवानी धार्मिक अतिवाद लादिएको छ । त्यहाँका धार्मिक मानिसहरुमा मनोबिज्ञान यसरी खडा गरिएको छ कि आजको समाजबाट कुरान लेख्दाको समाजमा जान मानिसहरु जबर्जस्त कोसिस गरिरहेका छन् । हो, धर्म र धार्मिक कथाहरुले खडा गर्ने मनोबिज्ञानले समाजको चेतनालाई हजारौं बर्षपछिको मान्यतामा धकेल्न खोज्छ ।

स्वस्थानीको कथाप्रति आस्था राख्नेहरुले भन्ने गरेका छन् कि त्यो बेलाको समाजमा भएको कुरालाई त्यसै अनुरुप लिनुपर्छ, आजको सन्दर्भ अनुसार आलोचना गर्ने हैन । तर आस्था राख्ने तिनै मान्छेहरु ब्रत समाप्त भएको दिन प्रसादको रुपमा रहेको रोटी, पान, सुपारी ई. आफ्ना श्रीमानलाई, श्रीमान नभए पुत्रलाई, पुत्र नभए मित पुत्रलाई र मित पुत्र पनि नभए नदीमा बिसर्जन गर्नु भनेको छ भन्दै हजारौं बर्षअघिको मानिसको चेतना अनुसार गर्न पछि पर्दैनन् । छोरीलाई भन्दा छोरालाई महत्व दिने पूरातन संस्कारलाई बचाउन निरन्तरता दिने गरेका छन् । के यो धार्मिक कथाहरुले अहिलेका मानिसहरुमा समेत पारेको प्रभाव हैन र ?

स्वस्थानी कथा एकतीस वटा अध्यायमा लेखिएको छ र यो एकमहिनासम्म बाचन गरिन्छ । यस कथाभित्रका अध्यायहरुबारे गहिरिएर हेर्न र बैज्ञानिक मान्यताका साथ विश्लेषण गर्न जरुरी देखिन्छ ।

अध्याय एक र दुई  
कथाको शुरुवात तप(ध्यान)मा लीन अगस्त्य मुनि स्कन्द कुमारको प्रश्नोत्तरबाट शुरु भएको देखिन्छ । मयूरमा चढेर स्कन्ध कुमार अगस्त्य मुनिकोमा आएको भनिएको छ । आकारप्रकार, बोलीशैलीमा मानिस नै रहेका स्कन्ध कुमार मयूरमा सवार भएर हिंड्ने भन्न सन्दर्भ नै हास्यास्पद देखिन्छ । त्यसो त गणेश मुसामा चढेर हिंड्थे, ब्रह्मा कमलको पातमा बसेर ध्यान गर्थे भन्ने सन्दर्भहरु पनि छन् जसलाई दन्त्यकथा नै हो भन्न सकिन्छ । अगस्त्य मुनिले विभिन्न प्रश्न गर्ने क्रममा अध्याय एक र दुईमा ब्रह्माण्डको उत्पत्ति र प्राणीहरुको उत्पत्तिबारे प्रश्न गरेको देखिन्छ । त्यहाँ उल्लेख भएका कुराहरु हेर्दा एउटा कुरा के प्रष्ट हुन्छ भने यो हिमवत क्षेत्रमा जीवन र जगतबारेमा सोचबिचार गर्ने, बौद्धिक बहस गर्ने कार्य ठूलो संख्यामा हुने रहेछ ।

ग्रह, नक्षत्र, तल, कोण, ब्रह्माण्डका प्रकारहरु, पृथ्वीको समय र ब्रह्माण्डको समयमा आउनसक्ने समय अन्तरको कुरा लगायतका धेरै विषयवस्तु कल्पन सक्नु त्यसबेलाका सन्दर्भमा चानचुने कुरा हैन । पूर्वीय दार्शनिक (ऋषि)हरुले त्यो स्तरको चेतनामा यो स्तरको कल्पना गर्नु निश्चय नै प्रसंशा गर्नुपर्ने विषय चैं हो । तथापी आजको सन्दर्भमा विज्ञानले ती कतिपय कुराहरुलाई काटेर सत्य स्थापित गरिसक्दा पनि पुरानै दार्शनिक मान्यतामा टसमस हुनुहुन्न भन्ने मान्यता जुन हाम्रो समाजमा रहेको छ, त्यो भने चेतनामा रुपान्तरण हुन नखोज्ने प्रबृत्ति नै हो ।

यो अतिरन्जित कथावस्तुलाई सबैभन्दा पुरानो ग्रन्थ  अर्थात पुराणभन्दा पुरानो ग्रन्थ ऋग्वेदसँग दाँज्ने हो भने पनि ऋग्वेदले नभनेको सत्य, त्रेता, द्वापर, कलि चार युगको कुरा कुमारले स्वस्थानीको कथामा कसरी भन्न सके ? यसरी हेर्दा यो कथा माहाभारत युद्धपछि नै सिपालु कथाकारले कथेको कथा जस्तो मात्र देखिन्छ । बिज्ञानले पनि टाइम ट्राभलको कुरा भने अनुमान गरेको छ तर त्यो ब्रह्माको एकदिन भनेजस्तो काल्पनिक भने छैन ।

कुमारले संसार उत्पत्तिका बारेमा दिएको उत्तर हेर्दा सृष्टीको बैज्ञानिक ज्ञान नभएका मानिसहरुले आफ्नो कल्पनामा आएका मनोगत कुराहरुलाई सृष्टीसँग जोडेर उल्लेख गरेको प्रष्ट देखिन्छ । कुमारले सृष्टी प्रारम्भ हुँदा पहिले परब्रह्म परमात्माको इच्छा स्वयं स्फूरण हुनासाथ त्यही इच्छाले प्रेरित समस्त गुणले युक्त ब्रह्मा, विष्णु र शिव प्रकट भए भनेका छन् । पहिलो कुरा परब्रह्मको सृष्टी चैं कसले ग¥यो त ? यदि परब्रह्मको सृष्टी आफैं हुन्छ भने ब्रह्माण्ड, मानिस, पशुपंक्षीको उत्पत्ति चैं अर्काले बनाएर मात्र किन भयो त ? त्यो पनि आफैं भयो भन्न किन सकिन्न ? त्यस्तै विश्वकै सबैभन्दा पूरानो ग्रन्थ भनिएको ऋग्वेदको प्रारम्भमा ब्रह्मा, विष्णु, महेश जस्ता मानव स्वभाव र प्रकृतिको देवता उल्लेख भएको देखिन्न । यसले पनि धार्मिक कथाको विरोधाभाष स्पष्ट देखिन्छ । 

कुमारले विश्व ब्रह्माण्डको उत्पत्तिबारे कुरा गर्दै जाँदा “कारणबिना कुनै कार्य हुन सक्दैन भनेका छन्” यो कुरा भने द्वन्दात्मक भौतिकवादी सत्यसँग मिल्ने देखिन्छ । विश्वका हरेक वस्तुहरुबीचको आन्तरिक कारणबाट नयाँ पदार्थ उत्पत्ति हुने कार्य हुन्छ भन्ने बैज्ञानिक मान्यता छ तर कुमारको यो कुराको सन्दर्भ हेर्दा भने भौतिकवादी विकाससँग मेल खानेखालको छैन । 

कुमारले ब्रह्मा, विष्णु र महेशबीच सानो र ठूलो भन्ने भेद छैन भनेका छन् तर यही कथामै कुमारले नै ब्रह्मा र विष्णुबीच को ठूलो भनेर बिसाल युद्ध भएको र पछि शिवले आएर ब्रह्मा र विष्णुलाई आफ्नो ज्योतिर्लिङ्गको फेद र टुप्पो पत्ता लगाए मात्र को ठूलो भनेर मान्न सकिन्छ भन्ने कुरा बताए । आखिर दुबैले फेद र टुप्पो पत्ता नलगाएपछि शिवले आफूलाई सबैभन्दा ठूलो भएको बताएको भनेका छन् । कथाकै सन्दर्भमा मेल खाँदैन । कुमारले ब्रह्माको एक दिनमै सत्य, त्रेता, द्वापर, कलि चार युग बहत्तरपल्ट घुमिसक्छ भनेका छन् ।

यो अतिरन्जित कथावस्तुलाई सबैभन्दा पुरानो ग्रन्थ  अर्थात पुराणभन्दा पुरानो ग्रन्थ ऋग्वेदसँग दाँज्ने हो भने पनि ऋग्वेदले नभनेको सत्य, त्रेता, द्वापर, कलि चार युगको कुरा कुमारले स्वस्थानीको कथामा कसरी भन्न सके ? यसरी हेर्दा यो कथा माहाभारत युद्धपछि नै सिपालु कथाकारले कथेको कथा जस्तो मात्र देखिन्छ । बिज्ञानले पनि टाइम ट्राभलको कुरा भने अनुमान गरेको छ तर त्यो ब्रह्माको एकदिन भनेजस्तो काल्पनिक भने छैन ।

विष्णु भगवानको कानेगुजीबाट मधु र कैटभ नाम गरेका दैत्य उत्पन्न भएको र ती दैत्यले कमलको पातमा बसेर तप गरिरहेका ब्रह्मालाई त्यहाँबाट खसाल्न खोजेपछि ब्रह्माले योगमायाको आराधना गरी योगमायामार्फत सुतेका विष्णुलाई जगाएर मधु र कैटभ दैत्यलाई मारेको कथा उल्लेख छ । मारिएका मधु र कैटभको बोसो जमेर पृथ्वी भएको, मासुले पर्वत भएको र हाडले पत्थर भएको भनिएको छ । पुराण लेख्ने कुनै ऋषिले कल्पना गरेर कथेको यो तर्कले अविश्वसनीयताको हद नाघेको छ ।

कुमारले संसारमा ब्रह्माण्ड धेरै भएको बताएका छन् । कथा लेख्नेले कुमारको मुखबाट ब्रह्माण्ड धेरै भएको बताए पनि त्यो खोज र अनुसन्धानबाट नभई अनुमान र कल्पनामा आधारित थियो तर पनि आजको सन्दर्भमा उनको कुरा केही हदसम्म मेल खान्छ । जति ब्रह्माण्ड छन् उति नै ब्रह्मा, विष्णु, शिव, चन्द्र, सूर्य, इन्द्र, दिक्पालहरु भिन्न भिन्न छन् भन्ने उनको मनोगत कुरालाई बिज्ञानले खोजी गरेर संसारमा हरेक ग्रहलाई परिक्रमा गर्ने चन्द्रमाहरु हुने गरेको, धेरै सौर्य मण्डल रहेको र ती सौर्यमण्डलका फरक फरक केन्द्र (सूर्य) रहेको, ती सम्पूर्ण सौर्य मण्डलहरु मिलेर ब्रह्माण्ड रहेको , हरेक ब्रह्माण्ड पनि कुनै न कुनै कुरालाई केन्द्र मानेर अडेको हुन्छ भनेको छ । यी सबै प्रक्रिया गुरुत्वाकर्षणको सिद्यान्तमा टिकेको हुन्छ ।

अध्याय दुईमा पृथ्वी, जल, जमिन, प्राणी, पंक्षी, मानिसहरुको उत्पत्तिबारेको धारणा व्यक्त भएको देखिन्छ । विष्णु भगवानको कानेगुजीबाट मधु र कैटभ नाम गरेका दैत्य उत्पन्न भएको र ती दैत्यले कमलको पातमा बसेर तप गरिरहेका ब्रह्मालाई त्यहाँबाट खसाल्न खोजेपछि ब्रह्माले योगमायाको आराधना गरी योगमायामार्फत सुतेका विष्णुलाई जगाएर मधु र कैटभ दैत्यलाई मारेको कथा उल्लेख छ । मारिएका मधु र कैटभको बोसो जमेर पृथ्वी भएको, मासुले पर्वत भएको र हाडले पत्थर भएको भनिएको छ । पुराण लेख्ने कुनै ऋषिले कल्पना गरेर कथेको यो तर्कले अविश्वसनीयताको हद नाघेको छ ।

पृथ्वीको उत्पत्तिका बारेमा स्वस्थानी ब्रतकथामा उल्लेख भएको कुरालाई ठीक मान्ने हो भने बिज्ञानले अनेक अनुसन्धान गरेर प्राप्त गरेको बिग ब्यांग थ्योरी र सूर्यबाट छुट्टिएर पृथ्वी बनेको कुरालाई अस्वीकार गर्नुपर्ने हुन्छ । दुबैलाई ठीक भन्न त मिल्दैन । ब्रह्माले जगत र जीवनको सृष्टी गराए भनेर धार्मिक ग्रन्थले एकातिर भन्दै गर्दा  अर्कोतर्फ मधु र कैटभ जस्ता दैत्य अर्थात जीव त सबैभन्दा पहिले विष्णुले बनाएको देखिन्छ र विष्णुको कारणबाट पृथ्वी बनेको भनिएछ । यसरी हेर्दा त सृष्टी विष्णुले पो गरेको देखिन्छ त ! ऋषिहरुले कथा तयार गर्दा बिचार पु¥याउन नसकेको पक्ष हो यो ।

ब्रह्माले विभिन्न लोकहरु बनाएको, कश्यप प्रभृति एक सय ऋषि सृष्टी गरेको कश्यप ऋषिका तेह्रवटा स्त्री भएको भनियो । ती प्रत्येक स्त्रीहरुबाट फरक फरक प्राणी र मानिसका पनि भिन्न भिन्न जाति÷बर्ण पैदा भएको भनियो । मनु भन्ने स्त्रीबाट ब्राह्मण, क्षेत्रिय, वैश्य, शूद्र जन्मिए भनेको कुराले नै के प्रष्ट गर्छ भने यो कथा मनुस्मृति भन्दा पछि कथिएको वा थपिएको हो । त्यस्तै विभिन्न कोण र दिशाहरु बनाएर त्यहाँ दिक्पाल र अधिपति पठाएको कुरा पनि उल्लेख छ ।

इतिहास हेर्ने हो भने मानव सृष्टीको लाखौं बर्षपछि मात्र मानिसहरु कृषि कार्यमा लागे, उत्पादन कार्यमा लागे । कृषि उत्पादनमा लागेपछि पहिले कविलाका सरदार हुने गरेकोमा सामाजिक संरचना बदलिएको अवस्थामा राजा, सामन्त, महासामन्तको उदय भयो । तर यस कथामा दिक्पाल(राजा) हरु विभिन्न दिशाहरुमा रहेको भनिएको हुँदा कथा कथ्नेले यहीँको सामाजिक परिवेशलाई अध्ययन गरेर ब्रह्माण्डको बारेमा अनुमान गरी दिक्पालहरुको कल्पना गरेको हुनुपर्छ भन्न सकिन्छ । बिज्ञानले अध्ययनबाट निकालेको निष्कर्ष अर्थात एक कोषिय जीबबाट क्रमशः लाखौं, करोडौं बर्षपछि जीवनको विकास भएको र मानव विकास भएको सत्यलाई स्वस्थानी ब्रतकथाले ठाडै अस्वीकार गरेको छ । यसलाई आदर्श मान्नेहरुले बिज्ञानको पुस्तक जलाईदिए हुन्न र !

अध्याय तीन र चार
कति सुहायो, कति सुहायो
बाघको छाला, नागको माला
कति सुहायो
यो गीतमा झुम्ने धार्मिक मान्छेहरुप्रति प्रश्न गर्नुपर्ने हुन्छ — एउटा जट्टा पालेको, नाङ्गो जीउमा खरानी घसेर कम्मरमा छाला बेरेको, घाँटीमा सर्प राखेको, भाङ्ग धतुरोले मात्तिएर डमरु बजाउँदै त्रिशुल नचाउँदै कोही तपाईँको घरमा आएर तपाईँको छोरीलाई बिहे गर्छु भन्यो भने के गर्नु हुन्छ ? अवश्य पनि दक्षप्रजापतिले जस्तै गरी गाली गलौज गरेर खेदाउनुहुन्छ । अझ घरमा कुकुर छ भने कुकुर फुकाइदिनुहुन्छ होला । यही काम दक्षप्रजापतिले गरे त के बिराए ?

यस अध्यायमा दक्षप्रजापति समक्ष महादेवले सतीदेवीलाई विवाह गर्ने प्रस्ताव राख्दा दक्षप्रजापतिले गाली गलौज गरेर पठाएको भन्ने प्रसंग देखिन्छ । दक्ष प्रजापति र उनकी पतिव्रता स्त्री विरणीबाट जन्मिएकी सतीदेवीलाई फोहरी, गाँजा धतुरोले मात्तिएको, खरानी धसेर नागको माला र बाघको छाला लगाएको मान्छेले विवाह गर्न प्रस्ताव राखेपछि गाली गलौज हुनु स्वभाविक थियो ।

आजको सन्दर्भमा आफूले विवाह गरेकी पत्नीको चरित्र जाँच गर्ने पुरुषलाई त जेलको सँजाय गर्नुपर्ने हुन्छ । तसर्थ यो कथा पढिरहँदा यस्ता सामाजिक पक्षको आलोचनात्मक विश्लेषण सहित पढिनुपर्छ । कथाको अन्धनक्कल गरेर आफ्नो चरित्र जाँच गर्ने पतिलाई  सतीदेवीले जस्तो फूलको माला पहिराएर, तीनपल्ट प्रदक्षिणा गरी साष्टाङ्ग दण्डवत् गर्ने समयमा हामी पक्कै छैनौं ।  

यसैक्रममा महादेवले विष्णुसँग आग्रह गरेपछि विष्णुले दक्षप्रजापति समक्ष आफ्नो लागि सतीदेवीको विवाहको प्रस्ताव गर्छन् । दक्षप्रजापतिले प्रस्ताव स्वीकृत गर्छन तर विवाह हुँदा भिक्षा माग्न आएको बृद्ध सन्यासीको रुपधारण गरेको महादेवले बिष्णुको सहायता लिएर छलपूर्वक आफूले कन्यादान लिन्छन् । छलपूर्वक लिएको कन्यादानलाई दक्षप्रजापतिले स्वीकार्छन र सतीदेवीको सहमति भएको नभएको केही नसोधी बृद्ध सन्यासीसँग जान कन्या बिदाई पनि गर्छन् । कष्टपूर्ण जंगलको बाटो लगेर सतीदेवीको चरित्र हेर्न भनेर कैलासमा एउटा खरको झुपडी उत्पन्न गर्छन् ।

झुपडीमा केही खानेकुरा नभएको र महादेव आफू भने भाङ्ग–धतुरो खाएर बाहिर सुत्छन् । चारदिनपछि नशाबाट ब्युँझिएर महादेवले उल्टै सतीदेवीलाई पापिनी भन्दै आफूलाई बाहिर सुताएर ऊभित्र सुतेकी भनेर हकार्छन् । जब भोकै रहेको सतीदेवीले आफूले भण्डारमा जे भएको खाइसकेँ भन्छिन् अनि महादेवलाई करुणा जाग्छ । त्यसपछि त्यो झुपडीलाई महादेवले च्यातेर सुनैसुनले जडित कैलास देखाउछन् र बल्ल आफ्नो साँचो स्वरुप देखाउछन् । 

रुप बदल्न सक्ने महादेवले पहिले नै सुन्दर, सफा व्यक्तित्वमा दक्षप्रजापतिसँग सतीदेवीको विवाहको प्रस्ताव लगेको भए यति लफडा हुने नै थिएन । अझ हिन्दी सिनेमाको जस्तो नायकले नायिकासमक्ष आफू गरीब रहेको नाटक गरेर पछि विविध सन्दर्भमा नायिकाले नायक धनी भएको रहस्य थाहा पाएपछि ‘ढण्टणाण्’ को आवाज सहित खुसी भएको जस्तो गरी कथामा अतिरन्जना थपिएको देखिन्छ । त्यस्तो अतिरन्जित काम महादेवले किन गरिरहनु पर्ने ? सतीदेवीको चरित्र हेर्न महादेवले त्यसो गरेको हो भने स्त्रीको मात्र चरित्र किन हेर्ने ? महादेवको पनि चरित्र जाँच गर्न सतीदेवीले पाउनुपर्ने हैन ? तर पुरातन यूगमा रचिएको कथा भएकोले स्त्रीलाई पुरुषको चरित्र जाँच गर्ने छुट हुन्नथ्यो र पुरुषले सयौं स्त्रीसँग छल गरेर सम्बन्ध राखेपनि उसकी पत्नीले त्यसलाई पुरुषदेवको लीला ठानेर पूजेरै बस्नु पर्नेथ्यो ।

आजको सन्दर्भमा आफूले विवाह गरेकी पत्नीको चरित्र जाँच गर्ने पुरुषलाई त जेलको सँजाय गर्नुपर्ने हुन्छ । तसर्थ यो कथा पढिरहँदा यस्ता सामाजिक पक्षको आलोचनात्मक विश्लेषण सहित पढिनुपर्छ । कथाको अन्धनक्कल गरेर आफ्नो चरित्र जाँच गर्ने पतिलाई  सतीदेवीले जस्तो फूलको माला पहिराएर, तीनपल्ट प्रदक्षिणा गरी साष्टाङ्ग दण्डवत् गर्ने समयमा हामी पक्कै छैनौं ।  

यो कथामा स्त्रीको राजीखुसी बिना छल गरेर जे गरेपनि हुन्छ भन्ने सन्देश विष्णु र महादेवले दिएका छन् । विष्णु र महादेवले गरेको हुँदा जस्तो सुकै छल कपट पनि असल नै मानिदिनुपर्ने हो त ? आजको सन्दर्भमा महिलाहरुले यस्ता चरित्रलाई जस्ताको तस्तै स्वीकारेर महादेव र विष्णुको पूजा गर्नु जायज छ त ? त्यस्तै यी विष्णु र महादेवलाई पनि मानिसलाई जस्तै स्त्री चाहिनुपर्ने, यौन सम्पर्क गर्नु पर्ने हुँदो रहेछ भने यो सबै कुरा मानिसले नै कथेको दन्त्यकथा रहेछ भनेर मान्नु पर्ने हैन र !

त्यस्तै कन्यादानका सम्बन्धमा पनि महादेवसँग सतीको, पुनः महादेवसँग पार्वतीको, रामसँग सीताको कन्यादान गरिएको हुँदा धेरै मानिसहरुमा आफ्नो घरको छोरीलाई पनि ज्वाइँसँग कन्यादान नै दिन पाए धन्य हुन पाइनेथ्यो भन्ने भ्रम छ । वास्तवमा आजको सन्दर्भमा कन्या वस्तु हैन भनेर बुझ्न जरुरी छ र कन्यालाई वस्तु दानमा दिए जस्तो दानमा दिन मिल्दैन । कन्यादान भनेको कन्यालाई भावनारहित, चेतनारहित पदार्थ ठानिएको हो । तसर्थ दक्षप्रजापति र विरणी, हिमालय पर्वत र मेनुकाले जस्तै गरी कन्यादान दिएर मोक्ष पाइयो भन्ने मनोविज्ञानमा पर्नु भनेको आजको सन्दर्भमा महिलाहरुप्रति गरिएको मनोबैज्ञानिक अपराध हो भनेर बुझ्न जरुरी छ ।

उनीहरु सुन्दर यूवतीहरुसँग मदमस्त भएर बसेको प्रसंग छ । पुरुषको नङ्ग लाग्नाले जसका पयोधर (स्तन)का गोलाकार घेरामा अर्धचन्द्राकार घाउ लागेका, कलस जस्तै ठडिएका कुच(स्तन)भएका, मदिराले राता आँखा भएका, लोलिएका नेत्र भएका, अनिन्द्य    (निर्दोष) सुन्दरी भन्ने शब्दहरुको प्रयोगले कथा लेख्ने ऋषिहरुले आफूभित्र रहेको स्त्री प्रतिको कामुकता प्रस्तुत गरेका छन् ।

अध्याय पाँच
यो अध्यायको कथा पढ्दा दक्षिण भारतीय सिनेमा बाहुबलीको सम्झना गराउँछ । जसरी आजको समयमा बाहुबली सिनेमा हेरेर रमाइलो मान्छौ, त्यसैगरी पहिले पहिलेका मानिसहरु पनि यस्तै लडाईँ, युद्धका कथाहरु सुनेर रमाइलो लिने गर्थे । त्यतिबेला पुराण, उपनिषद लेख्ने ऋषिहरुले हरेक कुरामा ईश्वर भन्ने काल्पनालाई सँगै जोडेर त्यसको महत्व बढाउने कोसिस गर्थे र मानिसलाई पनि त्यसप्रति भय, आकर्षण र विश्वास पैदा हुन्थ्यो ।

बाहुबलीमा जसरी “कटप्पा ने बाहुबलीको क्युँ मारा ?” भनेजस्तै शैलीमा अगत्स्य मुनिले कुमारसँग “त्रिपुरासुरले कसको तपस्या ग¥यो ? त्यसलाई महादेवले कसरी भस्म गरे ?” भन्ने प्रश्न गरिएको छ । मय भन्ने दैत्यले ब्रह्माको तपस्या गरेर तीनपुर बनाउन अनुमति मागेको र तीनपुर मध्ये सुनको पुरमा आफू बसी फलाम र चाँदीको पुरहरु आफ्ना मित्रहरु क्रमशः तारकाक्ष र विद्युत्प्रभलाई दियो । त्यहाँ उनीहरु सुन्दर यूवतीहरुसँग मदमस्त भएर बसेको प्रसंग छ । पुरुषको नङ्ग लाग्नाले जसका पयोधर (स्तन)का गोलाकार घेरामा अर्धचन्द्राकार घाउ लागेका, कलस जस्तै ठडिएका कुच(स्तन)भएका, मदिराले राता आँखा भएका, लोलिएका नेत्र भएका, अनिन्द्य    (निर्दोष) सुन्दरी भन्ने शब्दहरुको प्रयोगले कथा लेख्ने ऋषिहरुले आफूभित्र रहेको स्त्री प्रतिको कामुकता प्रस्तुत गरेका छन् ।

कथावस्तु त हालको नेपाल भारत रहेकै ठाउँहरुमा त्यसबेलाको रजौटाहरु मध्ये दानब(दैत्य) गणका धेरै राज्यहरु र देव गणका धेरै राज्यहरुबीच राज्य खोसाखोस्को युद्धलाई बिम्बात्मक र आलंकारिक बनाएर लेखिएको हो भन्नेमा सन्देह छैन । बैभवभमयी राज्य(दरबार) भन्दा बढी लिन हिंड्दा देवताहरुले महादेवको साथ लिएर मय दैत्यलाई हराएको कथा देखिन्छ । राज्य खोसाखोसमा देवता गण बिजय भएपछि लेखिएको हुँदा देवता गणलाई काल्पनिक ईश्वरहरुको साथ थियो भनेर देवता गणको महत्ता दर्शाइएको हो ।

अध्याय छ, सात, आठ, नौ, दस
यी अध्यायहरुमा दक्षप्रजापतिले महादेव र सतीदेवीलाई नबोलाई अश्वमेध यज्ञ गर्न खोजेको । नारदले यी कुरा बताएपछि सतीदेवीले एकपटक यज्ञ हेर्न मन गरेको । यज्ञमा आफू र महादेवलाई नबोलाउनुको कारण सोध्दा दक्षप्रजापतिले महादेवको अपमान गर्ने गरी बचन बोलेको र यस्तो अपमान सहन नसकेर सतीदेवीले यज्ञ कुण्डमा हामफालेर आत्महत्या गरेको देखिन्छ । यी सबै कुरा नारदले महादेवलाई बेलिविस्तार गरेपछि महादेवले महाकाली, वीरभद्र, नन्दी, भृङ्गी, भुत–प्रेत, पिचास पठाएर दक्षप्रजापतिको यज्ञस्थलमा संहार गरेको प्रसंग सँगै विष्णुले दक्षप्रजापति पक्षका देवता, किन्नरहरुको पक्षबाट महादेवका सेनाहरुसँग लडेको कथावस्तु देखिन्छ । 

यो कथा हेर्दा कुनै समय भारतबर्ष वा हिमवत क्षेत्रमा विष्णु र महादेवलाई आदर्श मान्ने दुई समूहबीच युद्ध चलेको हुनुपर्छ भन्ने देखाउछ । त्यतिबेलाका देवता, यक्ष, गन्धर्व, नाग, किन्नर, दैत्य गणभित्र पनि केहीले महादेवलाई आदर्श नायक मानेर ‘हर हर महादेव’ भन्दै युद्ध दस्ता बनाउने गरेको र केहीले विष्णुलाई आदर्श मानेर युद्ध दस्ता बनाउने गरेका देखिन्छन् । कुनै समय आफ्नै गणहरुबीच पनि राज्यविस्तारको क्रममा भिषण युद्ध भएको हुनुपर्छ र यही युद्धको बिम्वात्मक प्रस्तुति यो कथामा झल्किएको हुनुपर्छ ।

युद्धमा विष्णुले हारेर भागेपछि वीरभद्रले दक्षप्रजापतिको टाउको काटेर यज्ञकुण्डमा जलाइदिएको र पछि दक्षप्रजापतिको पत्नी विरणीको हारगुहारले गर्दा यज्ञमा बलि दिएको बोकाको टाउको ल्याएर शरीरमा उल्टो फर्काएर जोडी पुनः जीवित गराएको घटना पनि कथामा आउँछ । आजको सन्दर्भमा यस्ता खाले कथाहरुलाई आदर्श मानेर पुण्य प्राप्त गर्न जानेहरुप्रति टिठ मान्नु बाहेक अरु के नै भन्न सकिन्छ र !
पशुको टाउको मान्छेमा जोड्न सम्भव छ ?

मानिसको घाँटीमा सानो अल्सर आउँदा त बोली बिग्रन्छ वा बोली नै बन्द हुन्छ भने मान्छेमा जोडेको पशुको टाउकोले मानिस जस्तै गरी बोल्न सम्भव छ ? आधुनिक बिज्ञानले पनि यो गर्न सक्दैन । दक्षप्रजापतिको भावभंगी हेर्दा निकै बलियो, मोटो हुनपर्छ । बोकाको टाउको उनको गर्धनमा अट्ने हुन बोकाको गर्धन पनि मानिसको जत्रै हुनुप¥यो । फेरि शल्यक्रिया गर्दा मानिसको नशा, श्वासनली, खानेनली लगायत सबै ठिक्क मिल्नुप¥यो । त्यसैले यस्तो उडन्ते कथालाई दन्त्यकथा भनेर सुन्दा त हुन्छ तर मनभित्र आत्मसाथ भने गर्न हुँदैन ।

यी कथाहरु त केवल दरबार, सामन्त, राजारजौटाहरुका परिवेशभित्र मात्र कल्पना गरिएको छ । खै त सर्वसाधारणको त्यतिबेलाको अवस्थाबारेको सिंहावलोकन ? त्यसैले यस्ता कथाहरुले कुनै बौद्धिक र नैतिक ज्ञान दिने देखिँदैन ।

त्यसैगरी सतीदेवीलाई अग्नीमा होमिएपछि उनी हिमालय पर्वतकी स्त्री मेनकासँग पुगिन भनिएको छ । (यहाँ धार्मिक ग्रन्थहरुले हिमालय पर्वत, पहाड, ढुंगा, बेद(किताब),नदी, रुख सबैलाई मानिसकै रुपमा कल्पना गर्ने र कथा कथ्ने गरेको बिर्सन हुँदैन ।) त्यसो हो भने दिव्यचक्षुले सबै देख्न सक्ने महादेवले त्यतिबेलै सतीदेवी मेनकासँग गएको थाहा पाएर शान्त बस्न किन सकेनन् त ? मेनका गर्वबाट पार्वती भएर आउँछिन भन्ने किन थाहा नपाएका ?

किन काँधमा शव बोकेर बहुलाहा जस्तो गरी शव कुहेर फतक फतक झरुन्जेल दुनियाँलाई आफ्नो पागलपन देखाएका ? अलि बुझक्की भएको भए विष्णुले झिंगा लगाइदिनुभन्दा पहिले नै महादेवले सतीदेवीलाई कतै गाडेको भए र उनको नाममा सर्वसाधारण भोका, नाङ्गाहरुको हितमा केही गर्ने थिए । तर अहिलेका सामान्य मानिसहरुले गर्ने जति चेत पनि उनमा देखिन्न । अझ यी कथाहरु त केवल दरबार, सामन्त, राजारजौटाहरुका परिवेशभित्र मात्र कल्पना गरिएको छ । खै त सर्वसाधारणको त्यतिबेलाको अवस्थाबारेको सिंहावलोकन ? त्यसैले यस्ता कथाहरुले कुनै बौद्धिक र नैतिक ज्ञान दिने देखिँदैन ।

कथामा सतीदेवीको अंग पतन हुँदा सबै ठाउँमा पिठ बन्दै गयो र यस्ता पिठहरु सात करोड छ भनिएको छ । त्यसमध्ये पचासवटा पिठको मात्र दर्शन गरे मुक्ति मिल्छ र पचास पिठ मध्ये एक पिठको पनि दर्शन नगर्नेको जन्म लिएको व्यर्थ हुनेछ भनी ब्रह्माले भनेको उल्लेख गरिएको छ । सतीदेवीको महिमा महान बनाउन सात करोड पिठको कल्पना गरिएको हो भने मानिसले पिठहरुको दर्शन गर्न जानै पर्ने बाध्यता ब्रह्माबाट आज्ञा भएको बताएर धार्मिक तीर्थ यात्रालाई बढावा दिन खोजिएको देखिन्छ । यी पिठहरु मध्ये दन्तकाली, गुहेश्वरी जस्ता पिठहरु नेपालमा भएकोले धार्मिक भावना बोकेका लाखौं लाख भारतीयहरु धार्मिक पर्यटक बनी नेपाल घुम्न आउने भएकोले आर्थिक हिसाबले नेपाललाई मुख्य गरी विभिन्न पुराणहरुले केही हदसम्म यस कथाको विषयवस्तुले सहयोग नै गरेको छ । ....क्रमस....

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर