नेपाल एयरलाइन्सको लिबियामा चार्टर्ड उडान

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले लिबियाको त्रिपोलीका लागि चार्टर्ड उडान गरेको छ । शान्ति मिसनमा खटिने नेपाली सेनालाई लैजान नेपाल एयरलाइन्सले  त्रिपोलीस्थित मिटिगा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गरेको हो । निगमको वाइडबडी ए–३३० जहाजले आज बिहान २ः५५ बजे काठमाडौँबाट त्रिपोलीका लागि उडान भरेको हो । उक्त जहाज त्रिपोलीको स्थानीय समयानुसार १० बजे अवतरण गर्ने र आजै राति २३ः१५ मा काठमाडौँ फर्किने निगमले जनाएको छ । यो गन्तव्यमा एकतर्फीरूपमा करिब ११ घण्टाको उडान हुनेछ ।

निगमलले अघिल्लो वर्ष पनि कोभिड–१९ महामारीका बीच नेपाली सैनिकलाई संयुक्त राष्ट्रसङ्घ (युएन)को शान्ति मिसनमा लैजान अफ्रिकन तीन मुलुकमा चार्टर्ड उडान गरेको थियो । नेपाल एयरलाइन्सले साउथ सुडान, सेन्ट्रल अफ्रिकन रिपब्लिक र मालीमा चार्टर्ड उडान गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर