यामाहाको नयाँ वर्ष अफर “मल्टिप्लाई योर ह्यापीनेस” सार्वजनिक

काठमाडौं ।  नयाँ वर्ष २०७९ लाई लक्षित गरी नेपालका लागि यामाहा मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले ‘२०७९ x १००० गुणाले खुसी बढाउनुहोस्’ अफर सार्वजनिक गरेको छ ।

सो योजनाअन्तर्गत ग्राहकले यामाहाका कुनै पनि सवारी साधन खरिद गर्दा स्योरसट २०७९×४. ८ हजार ३१६ देखि २०७९×१००.२ लाख ७ हजार ९०० रुपैयाँसम्म नगद पुरस्कार जित्न सक्नेछन्। त्यस्तै बम्पर पुरस्कारमा एकजना भाग्यशाली ग्राहकले २०७९×१०००.२० लाख ७९ हजार रुपैयाँ जित्न सक्नेछन्।
 
यामाहाका बाइकरस्कुटर लिन इच्छुक ग्राहकहरू यामाहाको अधिकारिक शोरूमबाट खरिदपश्चात यस अफरमा भाग लिन पाउनेछन् ।  कम्पनीका अनुसार ग्राहकहरू यामाहाको आधिकारिक वेबसाइट www.yamaha.com.np  मा यामाहाले दैनिक रूपमा खेलाउने डिजिटल ज्याकपटमा सहभागी भई उल्लेखित नगद उपहार जित्न सक्नेछन् ।
 
“ग्राहकहरूको सन्तुष्टि र  खुसी नै यामाहा नेपालका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो । आफ्ना ग्राहकलाई खुसी बनाउँन यामाहा नेपालले कुनै पनि कसर बाँकी नराख्ने र उपहारका नाममा यति ठूलो नगद राशी बितरण गरिएको सम्भवतः यो नेपालकै पहिलो र अहिलेसम्मकै ठूलो उपहार हो ।” यामाहा नेपालका कार्यकारी निर्देशक राजु क्षेत्रीले बताए ।

यस अफर चैत्त ६ गतेबाट सुरु भएको र जेठ पहिलो हप्तासम्म चल्ने कम्पनीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर