टोयोटाद्वारा अपग्रेड इभेन्ट आयोजना 

काठमाडौँ । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटिएस) प्रा.लि.ले नयाँ वर्ष २०७९ को उपलक्ष्यमा अपग्रेड इभेन्ट ‘Time for an Upgrade’ आयोजना गरेको छ । 
चैत्र २४ देखि २७ गते सम्म चल्ने उक्त इभेन्टमा ग्राहकले अफुनो जुन सुकै कारलाई नयाँ टोयोटा रस, हाइलक्स, कोरोला क्रस, फर्चुनर, र्‍याभ फोर हाइब्रिड, प्राडोसंग साट्न पाइने युटिएसले जनाएकोछ । 
ग्राहकका लागि उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारीसाधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्न युटिएसले उक्त योजना ल्याएको हो ।
युटिएसका अनुसार यस अपग्रेड इभेन्टमा युटिएसले प्रत्येक गाडीको खरिदमा आफ्ना ग्राहकहरुलाई पुरानो गाडीको उचित मुल्यांकन, सजिलो फाइनन्सिङ्ग तथा टेस्टड्राइभ गर्नेहरुका लागि आकर्षक गिफ्ट प्याकेज लगायतका अफरहरु प्रदान गर्दैछ ।  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर