• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

ललितपुरको प्युटार जंगलमा भिषण आगलागी

ललितपुर । दक्षिण ललितपुरको प्युटार जंगलमा भीषण आगलागी भएको छ । आश्राङ प्रहरी चौकीका सहायक प्रहरी हवल्दार  वेदनाथका अनुसार बिहीबार माझखण्डबाट सल्केको आगो तलतिर सर्दै जाँदा प्युटार, लुकुनी र आश्राङ गाँउका दर्जनौँ घरहरु जोखिममा परेका छन् । 

शुक्रबारदेखि स्थानीय, प्रहरी र वनका कर्मचारीले आगो नियन्त्रणको प्रयास गरेपनि सफल हुन सकेको छैन । प्रहरी सहायक हवल्दार वेदनाथका अनुसार निरन्तर ढुंगाहरु झरिरहेकाले आगो निभाउन जानसमेत समस्या छ । उनले भने, ‘रुखका स्याउलाले आगो निभाइरहेका छौँ । चारैतिर आगो र धुवाँको मुस्लो आइरहेकोले हामी अन्यौलमा छौं ।’  निरन्तर हावा चलिरहेकाले आगो नियन्त्रणमा समस्या रहेको उनले बताए । 

आगो फैलदा खैरेनी,प्युटार, धनडाँडा र फुर्केडाँडा गाउँमा २ सय ५० घरमा वितरण गरिएको खानेपानीको पाइप जलेर नष्ट भएको छ । खानेपानी उपभोक्ता समितिका अध्यक्ष उत्तमबहादुर लामाका अनुसार खानेपानीको पाइपको क्षतिबारे यसै भन्न सकिने अवस्था छैन ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर