सुनको मूल्य आज तोलामा १५ सय रुपैयाँले घट्यो 

काठमाडौं ।  सुनको मूल्य आज तोलामा १५ सय रुपैयाँले घटेको छ । सुन तोलामा १५ सय रुपैयाँले घटेर आज तोलाको एक लाख ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य हिजो पनि तोलमा चार सय रुपैयाँले घटेको थियो । हिजो सुन तोलाको एक लाख दुई हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । 

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले घटेर तोलको १३ सय ८५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ । चाँदी हिजो तोलाको १४ सय २० रुपैयाँमा कारोबार भएको थियो ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर