• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

मस्कलाई ट्विटर किन्न १९ लगानीकर्ताले सघाउने

काठमाडौं । विश्वकै सर्वाधिक धनी अर्बपति एलोन मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्विटर किन्ने आफ्नो अभियानमा लगानी गर्न १९ जना नयाँ लगानीकर्ता तयार पारेका छन् । 

कुल ७ अर्ब १० करोड डलर लगानीको प्रतिबद्धताले मस्कको ट्विटर खरिद गर्ने जोखिम घटाएको छ । उनको ट्विटर किन्ने प्रस्तावलाई ट्विटर बोर्डले अनुमोदन गरेपनि प्रक्रिया पूरा भएको छैन ।

ओराकलका सहसंस्थापक तथा मस्कका मित्र ल्यार्री एल्लिसन एक्लैले मात्रै यसमा १ अर्ब डलर लगानी गर्ने भएका छन् । अन्य चर्चित लगानीकर्तामा सिलिकन भ्याली भेन्चर फर्म सिकोसिया क्यापिटल र क्रिप्टो एक्सचेन्ज बाइनान्स रहेका छन् ।

विद्युतीय कार निर्माण कम्पनी टेस्ला तथा रकेट कम्पनी स्पेस एक्सका प्रमुख कार्यकारी अधिकृत समेत रहेका मस्कले आफ्नो नियोजित खरिद कार्य छाड्न सक्ने अझै केही अनिश्चितता छन् । मस्कले ऋण, लगानी र नगद मार्फत ट्विटर खरिदका लागि बन्दोबस्त गर्ने आफ्नो योजना रहेका बताएका छन् । 

केही साताअघि मात्र उनले टेस्लाको सेयर बिक्री गरी जम्मा गरेको करिब ८ अर्ब ५० करोड डलर पनि यसै सम्झौतामा प्रयोग गर्नसक्ने आशा गरिएको छ । उनले बैंकहरूबाट पनि लगानीका लागि १३ अर्ब डलर जुटाउने भएका छन् ।

अधिकांश लगानीकर्ताको मस्कसँगको कारोबारको पूर्व अनुभव रहेको बताइएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर