• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

भरतपुर–२५ का वडाध्यक्ष उम्मेदवार विजय भुजेलको सपना 

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २५ मा पाँच दलीय गठबन्धनको तर्फबाट गोलाकारभित्रको हँसिया हथौडा चिन्हमा वडाध्यक्ष पदका उम्मेद्वार विजय भुजेल चितवनको कम्युनिष्ट आदर्शका एक जिउँदो इतिहास हुन् भन्दा फरक पर्दैन ।

काँग्रेस कम्युनिष्टबीचको द्वन्द्वका कारण २०४२ सालमा ठूलो आक्रमणबाट बाँच्न सफल भुजेल यतिबेला काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतको पाँच दलीय गठबन्धनका साझा उम्मेद्वार बनेका छन् । 

भुजेलकै भनाइलाई आधार मान्दा हिजो पार्टी पार्टीबीच एक आपसमा ठूलो वैरभाव थियो । पञ्चायती शासकले फुटाउ र राज गर भन्ने चाहन्थ्यो हामी आपसमा लड्थ्यौं । यथास्थितिवादीले त्यसैबाट फाइदा उठाउँदै सत्ता चलाउँदै आएका थिए । एकताबद्ध भएर लड्दा २०४६ को जनआन्दोलनले पञ्चायती व्यवस्थालाई फाल्न सफल भयो । ऐतिहासिक जनयुद्ध र ०६२÷०६३ को संयुक्त जनआन्दोलनले राजतन्त्रलाई सदाको लागि अन्त्य ग¥यो । यतिबेला प्रतिगमनविरुद्ध पाँच दलीय गठबन्धन बनेको छ । यो गठबन्धनलाई जीवित राख्न सकियो भने संविधानलाई पनि जीवित राख्न सकिन्छ भन्ने ठहर भुजेलकोे छ ।
हिजोको आफ्नो इतिहास बारेमा छोटो परिचय दिंदै भुजेलले भने, ‘२०४२ वैशाख १८ गतेको चर्को घाम थियो । मेघौलीको एक विद्यालयबाट कुमाल थरका एक विद्यार्थीलाई विद्यालयबाट निस्काशन गरेको सूचना बाहिर आयो । विद्यार्थी युनियनका ७ जना नेताहरु छलफलका लागि जानकी मावि मेघौली पुग्यौं । 

छलफलकै क्रममा ती नेताहरुमाथि धारिलो हतियार प्रहार भयो । सँगै गएका साथीहरु केही भाग्न सफल भए । त्यही क्रममा एक जनाले ज्यान गुमाए, अर्का एक जना नेतालाई बेहोस अवस्थामा काठमाडौँको वीर अस्पताल लगियो । ज्यान गुमाउने नेता तत्कालीन रामपुर कृषि क्याम्पसका स्ववियु सभापति मित्रमणि आचार्य थिए । बेहोस अवस्थामा २३ दिनसम्म जीवन र मृत्युसँग लड्दै गर्दा होस खुल्ने व्यक्ति म आफै थिएँ । उनले शरीरभरि दाग देखाउँदै भने ।

को हुन् विजय भुलेज ?

न्यायको लागि सतिसालझंै उभिने भुजेल साविक शुक्रनगरका रैथानी हुन् । उनको जन्म विस २०१८ जेठ २२ गते मानबहादुर भुजेल र आमा देवका भुजेलको कोखबाट भएको थियो । बुवा भारतीय सेनामा जागिरे थिए । 

स्थानीय जनज्योति स्कुलबाट प्रारम्भिक शिक्षा सुरु गरेका भुजेलले प्रभात मावि हुँदै आदर्श मावि दिव्यनगरबाट एसएलसी उर्तीण गरेका थिए । कृषिमा रुचि राख्ने भुजेल सुन्दर बजार कृषि कलेज लमजुङबाट प्रमाण–पत्र तहसम्मको अध्ययन पूरा गरेका छन् । 

सानैदेखि कम्युनिष्ट राजनीतिक चेत भएका भुजेल अन्याय, अत्याचार, विवेदविरुद्ध आवज बुलन्द पार्ने गर्दथे । अखिल विद्यार्थी फण्ड क्रान्तिकारीबाट औपचारिक राजनीतिक यात्रा सुरु गरेका भुजेल खरो, कडा मिजास स्भावभावका रुपमा परिचित छन् ।

पश्चिम चितवनको शुक्रनगर गाविसको ५ वर्ष अध्यक्ष बनेका भुजेल चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रको शुक्रनगर सामुदायिक उपभोक्ता समितिका अध्यक्ष, संयुक्त केरुङ्ग उपभोक्ता समितिमा ५÷५ वर्ष अध्यक्ष भएर काम गरेका थिए । विभिन्न सामाजिक क्षेत्रमा काम गरी हालको भरतपुर २५ लाई कृषि, पर्यटन हब बनाउने चाहनासहित वडाको नेतृत्व गरिरहेका भुजेल फेरि अध्यक्ष पदमा पाँच दलीय गठबन्धनका साझा उम्मेद्वार हुन् । 

भुजेलले वडालाई पूर्वाधार विकासमा मात्र नभई शिक्षा, स्वास्थ्य, रोजगारी तथा कृषि र पर्यटनको हब बनाउने योजनाका साथ निर्वाचनमा होमिएका छन् । आगामी ५ वर्षभित्र वडा सुन्दर, हराभरा र यहाँका आदिबासीहरुलाई उत्थान गर्ने गरी अगाडि बढेका छन् । 

यस्ता छन् भुजेलका योजना 

वडामा निर्वाचित भएसँगै यस क्षेत्रलाई कृषिको हब बनाउन कृषकहरुलाई अनुदानमा मल, बिउलगायतका सामग्री वितरण गर्ने लक्ष्य रहेको भुजेल बताउँछन् । कृषिलाई उद्योगमा परिणत गर्ने लक्ष्य राखेको पनि उनी बताउँछन् । वडामा रोजगारी सिर्जना गरी यहाँका आदिबासी, जनजाती, विपन्न वर्गको जीवन उकास्न काम गर्ने, कृषि उत्पादनलाई बजारीकरण गर्ने प्राथमिकतामा राख्ने उनी बताउँछन् । त्यस्तै वडाको राप्ती तटीय क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण गरेर महानगरको पर्यटकीय गन्तव्य बनाउने गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्छन् । केही वडास्तरीय पर्यटकीय पूर्वाधार निर्माण भइसकेको छ भने पर्यटकीय क्षेत्र बनाउन वडा अघि बढ्ने उनी बताउँछन् । यस्तै विगतको कार्यकालमा अधूरा अपूरा रहेका कामलाई निरन्तरता दिई भरतपुरको नमुना वडा बनाउने गरी अगाडि बढ्ने उनको चाहना छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर