• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

आईतबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ९ सय ५ पिसिआर परिक्षणका क्रममा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै १ हजार १ सय ५ एन्टीजेन परिक्षणका क्रममा कसैमा पनि कोरोना संक्रमण पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

कोरानोका कारण आइतबार पनि कसैको पनि मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै थप २१ जना संक्रमणमुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ७ सय ८९ जना निको भएका छन् । हाल नेपालमा २ सय १ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर