पल शाहलाई पर्खिरहेको फिल्म ‘सत्यम’ को लिरिकल भिडियो सार्वजनिक

काठमाडौं ।  अभिनेता पल शाहका कारण समयमै छायांकनमा जान नसकेको नेपाली फिल्म ‘सत्यम’ को शीर्ष गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । फिल्मका मुख्य अभिनेता मध्येका एक पल शाह एउटा प्रकरणमा मुछिएपछि यो फिल्म छायांकनमा जान सकेको छैन ।

राम्रो इन्टरटेनमेन्टको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा राजु महर्जनको स्वर, रेशम सापकोटाको लिरिक्स, कुटुम्ब ब्याण्डको म्युजिक, योगेश काजीको म्युजिक कन्सेप्ट छ । गीतको लिरिकल भिडियोलाई राकेश दाहालले सम्पादन गरेका हुन् । भिडियोमा अभिनेता राजेश हमालको संवाद पनि सुन्न सकिन्छ ।भिडियोमा अभिनेता राजेश हमाललाई मात्रै फिचर्ड गरिएको छ ।

निर्माता सापकोटाका अनुसार फिल्मको प्रि–प्रोडक्सनको काम सकिएको छ । फिल्ममा पूर्व घोषितभन्दा केही सदस्य हेरफेर हुन पनि सक्ने निर्माता सापकोटाको भनाइ छ ।यो फिल्ममा राजेश हमाल र पल शाहबाहेक अनुप विक्रम शाही, उपासना सिंह ठकुरी आदि कलाकारले पनि अभिनय गर्दैछन् ।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर