• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

उत्तर कोरियामा पहिलो कोभिड १९ संक्रमणको पुष्टी

काठमाडौं । उत्तर कोरियाले आधिकारिक रुपमा पहिलो कोभिड १९ संक्रमणको पुष्टी गरेको छ । त्यहाँको राष्ट्रिय सञ्चारमाध्यमका अनुसार राजधानी प्योङयाङमा ओमिक्रनको सबभेरियन्टको संक्रमणको बिहीवार पुष्टी गरिएको र सँगसँगै लकडाउनको पनि घोषणा गरिएको हो।

’देशमा सबैभन्दा ठूलो आपतकालीन घटना भएको छ, फेब्रुअरी २०२० देखि विगत दुई वर्ष र तीन महिनामा सुरक्षित राखिएको हाम्रो आपतकालीन क्वारेन्टाइन फ्रन्टमा प्वाल भएको छ,’ केएनसीए समाचार एजेन्सीले भनेको छ।

रिपोर्टमा प्योङयाङका मानिसहरूले केस संख्या वा संक्रमणको सम्भावित स्रोतहरूको विवरण नदिई ओमिक्रोन भेरियन्टमा सङ्क्रमण भएको बताएको छ। संक्रमितको नमुना मे ८ मा संकलन गरिएको बताइएको छ।

उत्तर कोरियाली नेता किम जोङ उनले कोरोनाभाइरसको पहिलो प्रकोपको प्रतिक्रियाबारे छलफल गर्न वर्कर्स पार्टीको बैठकको अध्यक्षता गरेपछि यो रिपोर्ट प्रकाशित भएको थियो।

किमले देशका सबै शहरहरू र क्षेत्रलाई कोरोनाभाइरसको फैलावट रोक्नको लागि ’कडा लकडाउन’ गर्न आदेश दिएको रोयटर्सले केएनसीएलाई उदृत गर्दै जनाएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर