रुकुम पश्चिम सानीभेरीमा माओवादीको प्यानल नै विजयी

रुकुम । रुकुम पश्चिम — सानीभेरी गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । ५ सय ६१ मत सहित माओवादी केन्द्रका टेकबहादुर पुन विजयी भएका छन् । कांग्रेसका खले पुनले २ सय ८१ मत ल्याएर दोस्रो भए ।  

उक्त वडाका अरु सदस्यमा पनि माओवादीकै उम्मेदवार विजयी भएका छन् । कालो पुन, मंगली कामी, विमला विक रोका र तुषा सुनार निर्वाचित भएका छन् ।

जिल्लाको मुसीकोट नगरपालिका र सानीभेरी गाउँपालिकाको मत गणना चलिरहेको छ । मुसीकोटमा कांग्रेसका महेन्द्र केसीले अग्रता लिएका छन् सानीभेरीमा माओवादी केन्द्रका बिर्खबहादुर विष्टले अग्रता लिएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर