• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

भरतपुर महानगरपालिकाको १ नम्बर वडाबाट मतगणना सुरू

चितवन । सर्वदलीय बैठक पश्चात भरतपुर महानगरपालिकाको मतगणना सुरू भएको छ । शुक्रबार सकिएको मतदान शनिबार मध्यान्ह १२ बजेबाट महानगरको मतगणना सुरु भएको हो । यस महानगरमा माओवादी केन्द्रकी निवर्तमान मेयर रेनु दाहाल गठबन्धनको तर्फबाट पुनः उम्मेदवार बनेकी छन् भने एमालेका विजय सुवेदी उनका प्रतिस्र्धी हुन् । भरतपुर महानगरमा एक लाख ८५ हजार मतदाता रहेमा  १ लाख २७ हजारले मात्रै मतदान गरेका थिए । यस महानगरपालिकामा २९ वटा वडा रहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर