चौतारा साँगाचोकगढीमा माओवादीको अग्रता 

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा नेकपा माओवादी केन्द्रले सुरुवाती अग्रता लिएको छ ।  

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कृष्णप्रसाद सापकोटा उम्मेदवार छन्। 

गठबन्धनका उम्मेदवारलाई नेकपा एमालेले पछ्याइरहेको छ। एमालेबाट प्रमुखका उम्मेदवार इन्द्रबहादुर नेपालले ९१ मत ल्याएका छन् भने बालकुमारी सापकोटाले १०१ मत प्राप्त गरेकी छिन्।

त्यस्तै, कांग्रेसबाट प्रमुखका उम्मेदवार केशवराज गिरीले ८५ र उपप्रमुखका उम्मेदवार तुलसीकुमारी श्रेष्ठले ८७ मत प्राप्त गरेकी छिन्।

यहाँ वडा नं १, २ र ३ को मतगणना भइरहेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर