• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

मकवानपुरको भीफफेदी १ का वडाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी

हेटौंडा ।  मकवानपुरको भीमफेदी गाउँपालिका–१ मा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । पाँच दलीय सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका सोमबहादुर स्याङतान विजयी भएका हुन् ।

उनले नौ सय १० मत प्राप्त गर्दै विजयी बनेका हुन् भने उनका प्रतिस्पर्धी एमालेकी पञ्चमाया स्याङतानले ६ सय ५५ ल्याएकी छन् । वडा नम्बर १ मा एक हजार ६ सय ४१ मत खसेको थियो भने ७२ मत बदर भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर