सर्लाहीको बागमती–३, मा माओवादीका मोक्तान विजयी

सर्लाही । सर्लाहीको बागमती नगरपालिका–३, मा नेकपा(माओवादी केन्द्र) का उमेद्वार प्यानल सहित विजयी भएका छन् । 

निवर्तमान वडाध्यक्ष समेत रहेका माओवादी केन्द्रका उमेद्वार तिलक मोक्तानले विजयी हुदै कार्यकाल दोहो¥याएका हुन् । मोक्तानले ११३७ मत प्राप्त गरे । यस्तै उन्को निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उमेद्वार हिरालाल स्यांतानले ६९० मतमात्र प्राप्त गरी पराजित भए । 

यो सगैँ बागमती नगरपालिकाको १, २ र ३ गरी तिन वटा वडामा माओवादी केन्द्रमा उमेद्वार विजयी भई सकेका छन् । यस्तै नगरको मेयर र उपमेयर पदमा भने, यो समाचार तयार गर्दा सम्म दोब्बर मतआन्तरले माओवादी केन्द्रका उमेद्वार भरत कुमार थापा र लिला कुमारी मोक्तान अगाडि देखिएका छन् । 

निवर्तमान मेयर समेत रहेका थापाले ३९२९ मत प्राप्त गरेका छन् । भने, निवर्तमान उपमेयर समेत रहेकी मोक्तानले ३७६३ मत प्राप्त गरेकी छिन् । यस्तै निकटतम प्रतिस्पर्धी नेकपा एमालेबाट मेयरका उमेद्वार टंक बहादुर बस्नेत (गोकुल) ले २२१० र उपमेयरको उमेद्वार सरिता घिसिङले २६१५ मत प्राप्त गरेकी छिन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर