• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

सरकारले तीनखम्बे अर्थनीतिलाई बेवास्ता गर्‍यो – झलनाथ खनाल (भिडियो)

काठमाडौं । एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले चार वर्षमा चारवटा ल्याइएका बजेटमा राज्यको तीनखम्बे अर्थनीतिलाई बेवास्ता गरेको बताएका छन् । 

प्रतिनिधिसभा बैठकमा बुधबारबाट सुरु भएको आर्थिक वर्ष २०७९/०८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सहभागी हुँदै उनले विगतमा चार वर्षमा चारववटा बजेट ल्याउँदा बेवास्ता गरिएको राज्यको तीनखम्बे अर्थनीतिलाई आगामी बजेटले स्वीकार्नुपर्ने बताए । 

खन्डिकृत भूमि नीतिलाई बजेटले तत्काल रोक्नुपर्ने भन्दै उनले यसका लागि भूमिसुधार गर्नुपर्ने बताए । कृषिक्षेत्रको विकासविना समुन्नत देशको कल्पना गर्न नसकिने भन्दै उनले भूमि सुधार नीतिविना कृषिको सुधार हुनै नसक्ने बताए । कृषिक्षेत्रलाई आधुनिकीकरण र यान्त्रिकरण गर्नुपर्नेमा जोड दिएका नेता खनालले प्रत्येक वडामा कृषि बजार स्थापना गर्नुपर्ने बताए । 

 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर