गायिका अस्मिता अधिकारीलाई ‘छिन्नलता प्रतिभा पुरस्कार २०७९’ प्रदान गरिने 

काठमाडौं । गायिका अस्मिता अधिकारीलाई ‘छिन्नलता प्रतिभा पुरस्कार २०७९’ प्रदान गरिने भएको छ।

उनले छिन्नलता नव प्रतिभा पुरस्कार प्राप्त गर्न लागेकी हुन् । गीत छिन्नलता गीत पुरस्कार गुठीले हरेक वर्ष गायक÷ गायिकालाई सम्मान गर्दै आएको छ। गुठीले यो वर्षको नव प्रतिभा पुरस्कार अधिकारीलाई प्रदान गर्ने निर्णय गरेको हो।

संगीतका हस्तिहरुले प्राप्त गर्दै आएको यो पुरस्कार आफुले पनि प्राप्त गर्न लागेकोमा सामाजिक संजाल मार्फत उनले खुसी व्यक्त गरेकी छिन् । उनले नेपाली संगीत जगतको यति ठुलो सम्मानले संगित क्षेत्रमा अगाडि बढ्न अझै ठुलो प्रेरणा हुने बताएकी छिन् । साथै आफ्नो अहिलेसम्मको यात्रामा सहयोग गर्नेलाई समेत धन्यवाद दिएकी छिन् ।

‘नेपाल आइडल सिजन–२’ की प्रतिस्पर्धी अस्मिताले ‘साली मन पर्यो, तिम्रो घरको वरिपरि, रुमालै चिनो धोइ धोइ, माटोको सिन्दुर’ जस्ता थुप्रै चर्चित गीतमा आवाज दिएकी छिन्।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर