झापाको गौरीगञ्ज गाउँपालिका प्रमुखमा कांग्रेसकी फुलवती राजवंशी विजयी 

काठमाडौं । झापाको गौरीगञ्ज गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।

गौरीगञ्ज गाउँपालिकाको अध्यक्षमा कांग्रेसकी फूलवती राजवंशी र उपाध्यक्षमा नेकपा एमालेकी पूजन न्यौपाने कुँवर निर्वाचित भएका हुन्। फूलवतीले ५ हजार ६ सय ८९ मत ल्याएर विजयी भइ्न।


फूलवतीका निकटतम प्रतिद्वन्द्वी एमालेका विजय कुमार अग्रवालले ३ हजार ३ सय ३० र राप्रपाका बाबुराजा श्रेष्ठले ३ हजार ३ सय ७ मत ल्याए। बाबुराजा गौरीगञ्जका निवर्तमान अध्यक्ष समेत हुन्।

उपाध्यक्षमा एमालेकी न्यौपानेले  ४ हजार ७ सय ५५ मत ल्याएर विजयी भइन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मखना महतोले ३ हजार ७ सय ९५ मत पाइन्।
माओवादीका विद्या नन्दसिंह राजवंशीले ३ हजार ३ सय ५१, राप्रपाकी रानी सोरेनले १ हजार ६ सय ९२ पाए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर